Daily Archives: 23/05/2019

महँगोमा बिके सन्दीप, ५ हजारबाट सिधै ७० हजार डलर


काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२०० मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडोस ट्रिडेन्टसबाट खेल्ने भएका छन्। प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार अमेरिकि डलर खर्चीन तयार भएको हो । अघिल्लो सिजन ५ हजार डलरमा विक्री भएका उनी यसपटक भने महँगैमा विक्री भएका हुन। सिपिएल टि–२० को अघिल्लो सिजनमा सन्दीप सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट खेलेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगार ठगी : उजुरी दिन कानुन व्यवसायी नचाहिने


तुलसी सुवेदी

काठमाडौं : वैदेशिक रोजगारमा ठगिएकाले उजुरी दिन कानुन व्यवसायी आवश्यक नपर्ने भएको छ। वैदेशिक रोजगार विभागले उजुरी लेख्ने फर्म तयार गरी सरल ढंगले उजुरी दर्ता गर्न सकिन व्यवस्था गरेको हो। यो व्यवस्थाले वैदेशिक रोजगारीमा ठगिएकाले उजुरीका लागि कानुन व्यवसायीको सहायता लिनुपर्ने र उनीहरूलाई शुल्क तिर्नुपर्ने झन्झट रहनेछैन। वैदेशिक रोजगार विभागले करिब तीन सातादेखि सर्वसाधारणले सजिलैसँग उजुरी लेख्न सक्ने गरी ढाचा तयार गरी कार्यान्वयनमा ल्याएको छ। उक्त ढाचाको आधारमा कामदारले सजिलै उजुरी लेख्न सक्छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले पीडितलाई राहत दिन उजुरी प्रक्रियामा सजिलो बनाइएको बताए। ‘यसले कामदारको पाँच हजार रुपैयाँ जोगिएको छ’, उनले भने, ‘कतिपय कामदार अलमल परेको अवस्थामा विभागका कर्मचारीले नै भर्न सक्छन्।’ यसअघि कामदारले कानुन व्यवसायीमार्फत उजुरी दिने व्यवस्था थियो। वकिलहरूले उजुरी लेखिदिएबापत कामदारबाट दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म असुल गर्दै आएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

आगोमा जलेर बैतडीमा एकै परिवारका ३ जनाको मृत्यु


९ जेठ, बैतडी । बैतडीमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । पुर्चौडी नगरपालिका–५, कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्