नेपाल समाचारपत्र, काठमाडौं । सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोली आज बिहान सगरमाथा शिखरमा पुगेको छ।
विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथा शिखरमा पुगेको आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिए। गौतमसँगै रविन कार्की, छिरिङजाङबु शेर्पा लगायत पनि शिखरमा पुगेका छन्। चुचुरोबाट फर्केर उनीहरु साउथकोल आइसकेका शेर्पाले बताए। शेर्पाकाअनुसार बिहीबारसम्ममा उनीहरु फर्किनेछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/05/2019
सगरमाथा शिखरमा पुग्यो नाप्ने सरकारी टोली, आधा घण्टा अबलोकन
Posted in नेपाल समाचार
बजेटका १२ ‘लोकप्रिय’ कार्यक्रम, जो कागजमै सीमित रहे
अच्युत पुरी
८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याउने अन्तिम तयारीमा सरकार छ । सरकार यसपालिको बजेटमा लोकप्रिय कार्यक्रम ल्याएर जनतालाई खुशी पार्ने ध्याउन्नमा देखिन्छ । तर, अघिल्लो आवको बजेटमा सरकारले घोषणा गरेका अधिकांश बाचा अधुरै छन् । आव २०७४/७५ को बजेटमा जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने महत्वपूर्ण कार्यक्रम समेटेको सरकारले धेरै कार्यक्रम शुरु नै गर्न सकेन । अर्कोतर्फ विकासका नाममा छुट्याएको बजेट (पूँजीगत) खर्च अघिल्लो आवभन्दा पनि कम छ । यसले दुई तिहाई सरकारको बजेट विनियोजन र खर्च गर्ने क्षमतामै प्रश्न उठेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
नवलपरासीमा हुरीले २ सय घरको छाना उडायो
नारायण शर्मा
नवलपरासी — नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । त्यहाँ मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ । देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार