विवादास्पद व्यापारी सुमार्गीका खराब दिन चल्दै, चार अर्ब ३१ करोड ९५ लाख कुम्ल्याउने दाउ


काठमाडौं, ७ जेठ । आन्तरिक राजश्व विभागले विवादास्पद व्यापारी अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर तिर्न ताकेता गरेको छ ।०६८–६९ सालमा सुमार्गीको साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा प्राप्त पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्न कार्यालयले ताकेता गरेको हो ।

विवादास्पद व्यापारी सुमार्गीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का व्यापारिक साझेदारको आरोप लाग्दै आएको छ । यो आरोपको पुष्टि नभएपनि समाचार आउने गरेको छ ।यसअघि गत वैशाख ११ गते विभागले सुमार्गीको कम्पनीको नाममा पत्र पठाएको थियो । पत्रमा पन्ध्र दिनभित्र कर तिर्न र तिर्न नपर्ने कुनै ठोस सबुतप्रमाण भए जानकरी दिन भनेको थियो ।

सुमार्गीको कम्पनीले पत्र बुझेपनि कर नतिरेपछि विभागले पुनः ताकेता गरेको छ । विवादास्पद व्यापारी सुमार्गीले चासो नदेखाएपछि विभागले लगत्तै वैशाख ३१ गते सुमार्गकी कम्पनी नेपाल स्याटेलाइटको कर निर्धारण गरिदिएको थियो ।कर निर्धारण गरिएको पत्र पठाएकोमा बुझ्न अस्वीकार गरेको थियो । विभागले नेपाल स्याटेलाइनले पत्र नबुझेपछि हुलाक र इमेल मार्फत् समेत पत्र पठाएको जनाएको छ । विभागले जेठ ३ गते सार्वजनिक सूचना जारी पत्रा पठाइएको व्योहोरा सुमार्गीको कम्पनीलाई जानकारी गराएको छ ।(दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.