लुम्बिनी समाज नेपाल, कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश नेपाली ‘पाल्पाली’लाई दिईएको छ । समाजका संरक्षक, सल्लाकार र कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको समाज को माहसचिब नेत्र पेगी मगर ले कुबेत नेपालडटकम लाइे जानकारी दिए ।
अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाई अभियानमा आर्थिक हिनामिनामा विवादमा तानिएपछी उक्त निर्णय गरिएको समाजले जनाएको छ ।कार्यवाहकअध्यक्ष चयन पश्चात आउँदा दिनमा समाजका नियमित गतिविधिलाई सक्रिय बनाउने बताइएको छ ।बैठकले रुपेन्द्र बिक्रम हमाललाई छिटोभन्दा छिटो भागिरथ चापागाई अभियानको आर्थिक पारदर्शी गरेर सहज वातावरण निर्माण गरिदिन समेत भनेको बताइएको छ ।