नुवाकोट धादिङ रसुवा समाज कुवेत ले जुलाई १९ तारिख शुक्रबार दिन आफ्नो प्रथम बार्षिक उत्सब अतिथि कलाकारहरु को साथमा मनाउने भएको छ। कलाकार हरु नेपालाका पहिलो आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा साथमा स्थानिया कलाकार हरु को बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक धर्म तमाङ ले जानकारी दिनु भएको छ।
रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले यो प्रथम साँस्कृतिक कार्यक्रम गर्न लगेको हो ।
उक्त कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थिति भै दिनुहुन समाज ले आग्रह गरेका छन ।
कार्यक्रमको विवरण
मितिः जुलाई १९ तारिक २०१९
स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः बिहान ११ बजेदेखी
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत