बैदेशिक रोजगारीका लागि कुवेत हिँडेका ४३ जना नेपालीहरु विमानस्थलबाटै फिर्ता भएका छन् । रोजगारीका लागि कुवेत हिडेका उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्किएका हुन् ।
उनीहरुको भिसा तथा टिकट नक्कली भएपछि फिर्ता गरिएको हो । शुक्रबार बेलुका ८ बजेको उडान समय भनिए पनि दिउँसो ३ बजे नै उनीहरु विमानस्थल पुगेका थिए।विमानस्थलको वैदेशिक रोजगारका लागि प्रस्थान कक्षको ढोकामा पुगेर आफ्ना सबै कागजपत्रहरु देखाउँदा नक्कली भएको खुलेपछि उनीहरु समस्यामा परेका छन् ।लाखौँ खर्च गरेर कुवेतमा कमाई गर्ने सपना बुनेर गएका उनीहरु विमानस्थलबाटै फर्किए । स्याङ्जाका श्याम थापाले कुवेतको ‘मार्केट’ मा राम्रो काम भएको भन्दै नेपालीहरुसँग १ लाखदेखि १ लाख २५ हजार रुपैयाँ सम्म मागेका थिए ।
कुवेतमा मासिक कमाइ ४० हजार रुपैयाँ भन्दा बढी हुने सुनाएपछि उनीहरु सबै जान तयार भएका थिए ।३ बजे विमानस्थल पुगेका उनीहरु कुवेत उडाउने भन्दै पैसा बुझाएका व्यक्ति थापाको प्रतिक्षामा बसे।थापा नआएपछि उनीहरुले सम्पर्क गर्न खोजे। तर थापाको फोन ‘स्विच अफ’ थियो । पछि चेक गर्दा सबैजनाको टिकट र भिषा नक्कली रहेछ । पीडितहरुलाई राम्रो कम्पनीमा वा सुपर मार्केटमा सजिलो काम र पैसा पनि राम्रो कमाई हुने आश्वासन दिँदै पैसा लिएका थिए ।
अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठ, राजेन्द्र थारु, राम कार्की, प्रेम बलाल, कृष्णबहादुर रायमाझीलगायत अन्य ४३ जनाले श्यामलाई १ लाख देखि डेढ लाख रुपैयाँसम्म रकम बुझाएका थिए।उनीहरुले थापालाई करिब ५० लाखभन्दा बढी रकम दिएका थिए ।विमानस्थलबाट फिर्ता भएपछि २ दिनसम्म श्याम थापा सम्पर्कमा आएका थिएनन् । ठगिएका युवाहरुको उजुरीपछि थापालाई प्रहरीले प्रक्राउ गरेको छ ।
यता थापालाई प्रहरीले प्रक्राउ गरे पनि उनले ठगेको केही प्रमाण नभएको भन्दै प्रहरीले २४ घण्टापछि लिएको रकम फिर्ता गर्ने कागज बनाएर थापालाई छाडेको छ । प्रहरी नियन्त्रणबाट छुटेपछि थापाले पैसा आज दिन्छु भोली दिन्छु भन्दै झुक्काईरहेको पीडित युवाहरुले गुनासो गरेका छन् ।GERMAN NEPAL