हङकङ – राष्ट्रिय भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित भएका छन् । पर्वत क्लब हङकङले आफ्नो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।उक्त कार्यक्रममा क्लबका अध्यक्ष काजिमान गुरुङले अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, विशेष अतिथिमा एनआएन हङकङका अध्यक्ष टीका गुरुङ, एनआरएन हङकङका उपाध्यक्ष तथा एसिया प्यासिफिक भलिबल दुत निरञ्जन गुरुङ, भुरुङदी सियो समाजका अध्यक्ष लोकमान गुरुङ लगायत पर्वत मञ्च हङकङ सँग आबद्ध १० वटै एकाइ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/05/2019
हङकङमा राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ र लक्ष्मण राना सम्मानित।
Posted in खेलकूद
युएईको दुबईमा २५६३ औं बुद्ध जयन्ती जुन १४ तारिख मनाईदै
काठमाडौं, वैशाख २२ । मान सिङ गुरुङ (मानु कोन्मे) , युएई – दुबईमा यहीँ मिति २०१९ मे ३ तारिख शुक्रबारका दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) यूएईका अध्यक्ष पासाङ रिन्जी शेर्पा ज्यूको अध्यक्षतामा बसेको बैठकले नेपाल आदिबासी जनजाति महासंघ यूएई र आबद्ध ११ जातीय संस्थाहरू तमु समाज युएई,तामाङ समाज युएई,नेपाल मगर संघ शाखा युएई,किराँत राई यायोक्खा शाखा युएई,किराँत याक्थुङ चिम्लुङ युएई,नेवा पुच: युएई,शेर्पा किदुग युएई,थारु कल्याणकरिणी सभा युएई,प्रवासी माझी समाज युएई,प्रवासी भुजेल सेवा समिति युएई,सुनुवार सेवा समाज शाखा युएईको संयुक्त आयोजनामा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबार २०१९ मा मनाउने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्