Monthly Archives: मे 2019

नेपाली दूतावास कुवेतको आयोजनामा १२ औं गणतन्त्र दिवस सम्पन्न


नैनकला राई / मे २९, कुवेतl आज साँझ मे २९ (जेठ १५) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

“गहिरो थियो माया” गीत को Music Video मा मन्जु ले बिजय र बिकास लाई माया को जालमा फसायो


विगत केही बर्ष देखि कुवेत लाई आफ्नो कर्म थलो बनाउदै आएका,मोडेल बिजय  ठकुरी, बिकास मगर,र मन्जु लवाती ले कुबेत मा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् ।आफ्नो डियूटीको व्यस्ता संग संगै पनि गीत संगित अभिनय लाई हातेमालो गदै अगाडी बढ्न सफल भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री आलोपालो गर्ने सहमति लिखित नै छ : प्रचण्ड


ओली सरकार नेतृत्वमा जारी रहे, पार्टीको जिम्मा आफूले पाउनुपर्ने दाबी
काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै रहेको खुलासा भएको छ ।अध्यक्ष मध्येका प्रचण्डले एउटा टेलिभिजन अन्तरवार्तामा भनेका छन्,‘सहमतिका आधारमा नै पार्टी एकता भएको हो, सरकारको नेतृत्वका विषयमा आलोपालो गर्ने सहमति लिखितै छ । तर मलाई प्रधानमन्त्री पद लिन हतारो छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

युरोपा लिगको उपाधि चेल्सीलाई


१६ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भए । पढ्नेक्रम जारी राख्नुहोस्

सबैलाई रिझाउने बजेट


पुष्पराज आचार्य
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँको बजेट बुधबार संघीय संसद्मा प्रस्तुत गरेका छन्। चालु वर्षको बजेटको तुलनामा दुई खर्ब १७ अर्ब रुपैयाँले बजेटको आकार बढाएर उनले लोकरिझ्याइँका कार्यक्रम र अन्य विकास निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरेका छन्। अघिल्लो बजेटले पार्टी घोषणापत्रलाई बेवास्ता गरेको तथा बजेटको आकारकै कारण प्रभाव जमाउन नसकेको भन्दै सत्तारूढ दलका सांसदले नै आलोचना गरेपछि यसपटकको बजेटमा अर्थमन्त्री थप उदार देखिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

धुर्मुस–सुन्तलीले बनाउन लागेकाे रंगशालाको बार डोजरले भत्काएको आरोपमा कँडेलसहित १७ जना पक्राउ


रमेशकुमार पौडेल
चितवन — चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ । मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै, भौतिक पूर्वाधार प्राथमिकतामा


१५ जेठ, काठमाडौं । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् ।नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । “विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो । पढ्नेक्रम जारी राख्नुहोस्