नेपाल ट्रेड महा संघ जिफन्ट नेपाल बैदेसिक साखा कुबेत ले यही मे ३ तारिक श्रमिक दिवस मनाउने


नेपाल टेण्ड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशीक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीखमा (“ स्वदेशमा वा प्रवासमा : सवैलाई सामाजिक सुरक्षा”)(‘’Social security for All : Within or beyond the country’’) नाराका साथ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ ।

जिफन्ट कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसगै मजदुर दिवस मनाउने तयारी पुरा भएको महासचिव गोविन्द प्रसाद तिमील्सेनाले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। कार्यक्रममा कुवैत ट्रेड युनियन फेडेरेसन, सोलिडारीटी सेन्टर र सन्धिकन एसोसिएशन को प्रतक्ष्य सहभागिता हुने अध्यक्ष रावतले बताए ।
मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदा कुवेतमा श्रम गरेर बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई उपस्थित भएर श्रम सम्बन्धि धैरे कुराहरु बुझ्न र मनोरन्जन लिन आयोजकले निमन्त्रणा र अनुरोध गरेको छ ।

आयोजकले उक्त कार्यक्रममा उपस्थितिको लागि सबै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।कार्यक्रम दिनको १२ बजे देखी सुरू हुनेछ ।१७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै हरेक बर्ष मे १ तारिखमा संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कलकारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार हुदै आएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.