सुरेश गुरुङ कुबेत, यही आउदो १९ अप्रिल २०१९ शुक्रबारको दिन सम्पन्न हुन गैरहेको नयाँ बर्ष सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित चर्चित ख्यातिप्राप्त कलाकार गायक राजेश पायल राई यही बुधबार साँझ ७:२० बजे अप्रील १७ तारिक कुबेत आइपुग्ने भएका छन्।
अतिथि कलाकार राई ईज किङ’ गायक राजेश पायल राइ लाई स्वागतका लागि कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भै दिनुहुन आयोजक नेपाल सरोकार समाज कुवेतले अनुरोध गरेका छन् |
नेपाल-कुवेत सरोकार समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगरको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छ । भने यासपाली भने समाजले नेपाली हरुको ढुकढुकी युवा गयाक मेघा स्टार राई इच किङ्स राजेश पायल राई लाई स्टेजमा उतार्ने भएको छ।
कार्यक्रमको विवरण:
मितिः अप्रिल १९ तारिक २०१९ शुक्रबार
स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः बिहान ११ बजेदेखी
आयोजक : नेपाल कुवेत सरोकार समाज