लोकप्रिय गायक राजेश पायल राईको १९ औ एल्बम दर्शन नमस्ते-४ को दरबार मार्ग स्थित किङ्स लौन्ज मा चैत्र २६ गत्ते ३ बजे बिमोचन सम्पन्न भएको छ |संस्कृतिकर्मी तथा नेपाली नृत्य, संगीत र नाटकको क्षेत्रमा बिशेष योगदान दिएका भैरव बहादुर थापाको हातबाट उक्त एल्बम बिमोचित गरिएको हो !
एल्बमका गीतहरुमा शब्दरचना क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, बसन्त सापकोटा र टिका चाम्लिङको रहेको छ ।
जसमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ ।साप्ताहिकको प्रस्तुती रहेको एल्बम ‘दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् ।जसमा टाइटल गीत तीन वटा अन्य मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत रहेका छन् ।