Daily Archives: 10/04/2019

नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’


२७ चैत, चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् ।भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । ’round टिनले ’boutर भित्र मजदुरहरुले काम गरिरहेका छन् । कसैलाई पनि भित्र पस्न अनुमति दिइएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हायात होटलमा सरकारी सम्पत्तिको लुट, हिनामिना जोगाउन राजनीतिक चलखेल


तारागाउँ रिजेन्सी (हायात) होटलले सरकारी सम्पत्ति हिनामिना गरेको तथ्य लुकाउन राजनीतिक दाउपेज शुरू भएको छ । संसदीय समिति एवम् सरकारी छानविन समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना गरेको प्रतिवदेन दिएपछि त्यसलाई तुहाउन राजनीतिक दाउपेज शुरू भएको हो । छानविन प्रतिवेदन चुहाउन पहिले नै चलखेल भए पनि त्यो सम्भव नभएपछि प्रतिवेदन कार्यान्वयन नगराउन राजनीतिक पहुँच प्रयोग गर्न थालिएको हो । यस कार्यका लागि सत्तारुढ नेकपाका नेताहरू नै परिचालित भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार तारागाउँ रिजेन्सी (हायात) होटलको सल्लाहकार रहेका नेकपाका नेता एवम् पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतम नेपालीले आफ्नो सुत्र प्रयोग गरिरहेको बताइएको छ । नेपालीले शुरूमा छानविन समितिलाई नै प्रभावित गर्न खोजेको भए पनि त्यो सफल नभएपछि प्रतिवेदनलाई रद्दीको टोकरीमा पु¥याउन प्रयास गरेको स्रोतको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

कर्मचारी समायोजनका क्रममा एकजना डाक्टरले मात्रै रोजे कर्णाली


वीरेन्द्रनगर — कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् । कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । ‘हामीकहाँ चिकित्सक दरबन्दी नै कम छ,’ उनले भने, ‘त्यहीमाथि बाहिरका यहाँ आउनै मान्दैनन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

राजेशपायल राईको ‘दर्शन नमस्ते’ ४ सार्वजनिक (भिडियो सहित)


लोकप्रिय गायक राजेश पायल राईको १९ औ एल्बम दर्शन नमस्ते-४ को दरबार मार्ग स्थित किङ्स लौन्ज मा चैत्र २६ गत्ते ३ बजे बिमोचन सम्पन्न भएको छ |संस्कृतिकर्मी तथा नेपाली नृत्य, संगीत र नाटकको क्षेत्रमा बिशेष योगदान दिएका भैरव बहादुर थापाको हातबाट उक्त एल्बम बिमोचित गरिएको हो ! पढ्नेक्रम जारी राख्नुहोस्