गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।
परिषदको गत बिहीबार बसेको आपतकालीन वैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको थियो ।गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराउनु भएको छ । सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन, ओमानबाट एनआरएनएको खातामा संकलित सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताउनु भयो भने संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत बितरण गरिनेछ ।