पौडेल समूहले कुरा फेर्‍यो, भाग नपाएपछि सिटौला समूहलाई तनाव


काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विववाद मिलाउने प्रयास गरिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहलाई सहमति ल्याउन शुक्रबार साँझ प्रयास गरेका थिए । बुढानिलकण्ठमा भएको छलफलमा सहमति भएको थियो । सहमतिसँग आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भनेर स्थगित भएको छ ।

पूर्वपदाधिकारीको छलफलमा सभापति देउवाले समितिमा आठ सदस्यको नाम दिन नेता रामचन्द्र पौडेललाई आग्रह गरेका थिए । देउवाको आग्रहप्रति पौडेलले असन्तुष्टि जनाएपछि शनिबार बैठक नै नबसी स्थगित हुन पुगेको स्रोतको भनाइ छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यसम्पादन समितिमा रहने सदस्यहरूको नाम दिन नसकेका कारण सहमतिमा बैठक स्थगित गरेको जनाए ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग सहमति भएको भनेर सभापति देउवा समूहले गलत प्रचार गरेको जनाएका छन् ।पौडेलले कार्यसम्पादन समितिमा भागबण्डा गर्नेभन्दा पनि सिनियर नेताहरू सबैलाई समेट्नुपर्ने बताएका छन् ।कार्यसम्पादन समिति अहिले फेरि गठन गर्दा सभापतिले भागबन्डा गरौँ, तपाईंहरूका मान्छे दिनुस् भनेको बताएका पौडेलले आफूले सिनियर साथी नेताहरूलाई समेर पारदर्शी समिति बनाउन भनेको बताए ।यसअघि ६० चालीसको भागबण्डा खोजेका पौडेल समूहले फेरि कुरा फेरेका छन् । बुढानिलकण्ठ बैठकमा पौडेलले ६०–४० को कुरा उठाएपछि देउवाले ४० प्रतिशत भाग दिएका थिए । नेता सिटौला समूहलाई देउवाले पौडेल समूहतिरै गाभिदिएका थिए ।

तर, पौडेलले हुँदैन भनेपछि सिटौला समूहलाई मिलाउने जिम्मेवारी पनि देउवाले लिएका थिए । आफूले भाग नपाएपछि बुढानिलकण्ठबाट रिसाउँदै नेता सिटौला बाहिरिएका थिए ।कार्यसम्पादन समितिमा रहने सदस्य धेरै भएपछि पौडेललाई छानौँट गर्न समस्या भएपछि फेरि देउवामाथि आरोप थुपार्दै पन्छिना खोजेको आरोप छ ।

२९ सदस्यीय समितिमा देउवाले पदाधिकारीमा रहेका नेता पौडेल, डा. शशांक कोइराला र सीतादेवी यादवबाहेक आठजना नेताको नाम मागेका थिए ।सभापति देउवाले मागेको नाममा आफ्नो पक्षका सबै सिनियर नेता नअटाउने भएपछि पौडेलले असन्तुष्टि जनाएका हुन् । २९ सदस्यमा पौडेल पक्षका सबै सिनियर नेता ११ जनामा अटाउन सक्दैनन् ।

पार्टी वरीयताको २९औँ क्रमसम्म संस्थापनभन्दा पौडेल पक्षका नेता धेरै छन् । यसैले पनि पौडेलले सिनियर नेतालाई समेट्नुपर्ने भन्दै अडान राखिरहेका छन् ।यसअघि महासमिति बैठकबाट सर्वसम्मत भएर केन्द्रीय समितिबाट बहुमतले पारित भएको विधानका केही विषयमा कांग्रेसमा पुनः विवाद शुरु भएको छ ।

पौडेल र सिटौला पक्षले केन्द्रीय सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकमा दोहोरिन नपाउने विषयलाई पुनः उठाउने भएको छ ।नियमित केन्द्रीय समितिको बैठक बस्न नसकेका वेला कार्यसम्पादन समिति बैठकले पार्टीका विषयमा आवश्यक निर्णय गर्न सक्छ । यसकारण पनि यो समितिमा पर्न वरिष्ठ नेताहरूको लबिङ हुने गरेको छ ।(दैनिक)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.