Daily Archives: 07/04/2019

पौडेल समूहले कुरा फेर्‍यो, भाग नपाएपछि सिटौला समूहलाई तनाव


काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विववाद मिलाउने प्रयास गरिरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहलाई सहमति ल्याउन शुक्रबार साँझ प्रयास गरेका थिए । बुढानिलकण्ठमा भएको छलफलमा सहमति भएको थियो । सहमतिसँग आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भनेर स्थगित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

रोकिएको विमानमा रातभर यात्रु राखिनु ‘अपराध’


४५ मिनेट मौका, दोष ४ मिनेटको
काठमाडौं : सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्।नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ। गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ। सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

टेन्टले धान्ला हुरी र पानी ?


विमल खतिवडा
बारा — असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्‌ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन । ‘हुरी दोहोरिएर आए के गर्ने ? हामीसँग विकल्प नै छैन,’ भरबलियाका ७० वर्षीय रामचन्द्र मुखियाले भने, ‘अहिले हावाहुरीको मौसम छ । वर्षातको समय नजिकिँदै छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्