कुवेत – नायक पल शाह कुवेत आउने भएका छन् । दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा दर्शन सागितिक धमाका २०१९ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह संगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।
नायक पल शाह संगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउँदै महासचिब राज मल्लले छिट्टै सबैमाझ जानकारी गराउने बताए ।जून ७ तारिक शुक्रवार २०१९ का दिन जिलिव स्थित इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई दिन समाजले अपिल गरेको छ ।