त्रिभुवन विमानस्थलको स्तरोन्नति औपचारिक रुपमा सुरू


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे स्तरोन्नति आजबाट औपचारिक रुपमा सुरू गरिएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो । यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो ।

धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ । दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलले यस अघिनै जानकारी गराइसकेको थियो । स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द गर्नुपरेको हो ।

नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइने छ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक कठिनाइ आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको हो ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.