नेपाली नयाँ वर्ष २०७५ लाई बिदा गर्ने बेला भएको छ । नयाँ २०७६ सालको आगमनको मौका पारी कुवेतको नेपाली समाजमा कृयाशिल अर्को बलियो संस्था नेपाल कुवेत सरोकार समाजले यही आउदो अप्रिल १९ मा चर्चित गायक मेघा स्टार राई इच किङ्स राजेश पायल राई लाई स्टेजमा उतार्ने पक्का भएको छ।
नेपाल-कुवेत सरोकार समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगरको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छ । भने यासपाली भने समाजले नेपाली हरुको ढुकढुकी युवा गयाक मेघा स्टार राई इच किङ्स राजेश पायल राई लाई स्टेजमा उतार्ने भएको छ।
बिगतका दिनहरुमा झैं यस पटकको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थिति भै दिनुहुन समाजका अध्यक्ष राम लामाले आग्रह गरेका छन ।
कार्यक्रमको विवरण
मितिः अप्रिल १९ तारिक २०१९
स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप
समयः बिहान ११ बजेदेखी