Daily Archives: 01/04/2019

उपराष्ट्रपतिका छोरा रातारात उद्धार गर्न पुगे बारा–पर्सा


काठमाडौं, १८ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन साथीहरूसहित बारा–पर्सा पुगेका छन् ।आइतबार राति अकस्मात आएको हावाहुरीले क्षति पु¥याएका स्थानको उद्धारका लागि दीपेश बारा बारा–पर्सा पुगेका हुन् । दीपेशले बिरामीहरूको उपचारका लागि रगत अभाव भएपछि आफैले रक्तदान गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बारा–पर्सामा मृत्यु हुनेको संख्या ३५ पुग्यो


काठमाडाैं । तराईका जिल्लामा आएको आँधिहुरीले ठूलो जनधनको क्षति भएपछि प्रदेश २ सरकारले राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको छ ।प्रदेश सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको हो ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेको जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच टेलिफोन वार्ता, राष्ट्रिय शोक घोषणा गर्न माग


१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्