Monthly Archives: अप्रील 2019

नेपाल ट्रेड महा संघ जिफन्ट नेपाल बैदेसिक साखा कुबेत ले यही मे ३ तारिक श्रमिक दिवस मनाउने


नेपाल टेण्ड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशीक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीखमा (“ स्वदेशमा वा प्रवासमा : सवैलाई सामाजिक सुरक्षा”)(‘’Social security for All : Within or beyond the country’’) नाराका साथ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ ।

जिफन्ट कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसगै मजदुर दिवस मनाउने तयारी पुरा भएको महासचिव गोविन्द प्रसाद तिमील्सेनाले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। कार्यक्रममा कुवैत ट्रेड युनियन फेडेरेसन, सोलिडारीटी सेन्टर र सन्धिकन एसोसिएशन को प्रतक्ष्य सहभागिता हुने अध्यक्ष रावतले बताए ।
मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदा कुवेतमा श्रम गरेर बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई उपस्थित भएर श्रम सम्बन्धि धैरे कुराहरु बुझ्न र मनोरन्जन लिन आयोजकले निमन्त्रणा र अनुरोध गरेको छ ।

आयोजकले उक्त कार्यक्रममा उपस्थितिको लागि सबै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।कार्यक्रम दिनको १२ बजे देखी सुरू हुनेछ ।१७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै हरेक बर्ष मे १ तारिखमा संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कलकारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार हुदै आएको छ।

तमू समाज कुवेतलद्धारा छैटौ रक्तदान कार्यक्रम जुलाई ५ तारिक गर्ने


२५ अप्रिल २०१९,कुबेत रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान कार्यक्रम स्वरुप आगामी जुलाई ५ तारिख २०१९ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आदीवासी जनजाती महासंघ कुवेतले दूतावासमा ज्ञापनपत्र बुझायो


आदीवासी जनजाती महासंघ कुवेतले आज एक प्रेश विज्ञप्ति जारी गरी नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा आगामी १७ मे का दिन २५६३औँ बुद्ध जयन्ती मनाउने


आर डि क्रीएशन/२३ अप्रील, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औँ बुद्ध जयन्ती मनाउने भएको छ। गत ५ अप्रीलका दिन नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा कुवेतको फर्वानियास्थित पार्कमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिक शुक्रबारका दिन बौद्ध धर्मानुसार पुजा पाठ गरि मनाउने निर्णय गरेको हो। नेपाल तामाङ घेदुङ कुवेत शाखाको स्थापनाकालदेखि नै घेदुङले बुद्ध जयन्ती धुमधमका साथ मनाउँदै आइरहेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

राजेश पायल राईले कुवेतमा उधुम मच्चाए (फाेटाेफिचरसहित)


माधब शाही- कुवेत- राजेश पायल राईले कुवेतमा उधुम मच्चाएका छन् । गत सुक्रवार कुवेतको जिलीब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको सँस्थाको तेश्रो प्रस्तुती नव वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा मेघा म्युजिक शो मा प्रसिद्द गायक राजेश पायल राईले आफ्नो धमाकेदार प्रस्तुती पस्की कार्यक्रममा उपस्थित दर्शकलाई नचाई उधुम मच्चाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए एनसिसी कुवेतद्धारा नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारी लाई भव्य स्वागत


सुरेश गुरुङ,कुबेत, १९ अप्रिल २०१९, एनआरएनए एनसिसी कुवेत लगायत कुवेतको नेपाली समुदायले हिजो १८ अप्रिल २०१९ मा कुवेतका लागि नव-नियुक्त राजदुत महामहिम दुर्गा प्रसाद भण्डारीको भव्य स्वागत गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

मनकामना मिडियाद्धारा संकलित १ लाख८० हजार रकम पत्रकार रबि लामिछानेको हातबाट मृगौला पिडित शक्तिमान लाई हस्तानतरण


संखुवा-सभा बानेश्वर ९ नगरपालिका खाम्लिड बसोवास गर्दै आएकाकाजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको दुवै मृगैला फेल भएका कुवेत आएको १ बर्ष भएको थिए काम गर्ने ठाउँमा अचनाक बिरामी भएका थिए बिमारीलाई हस्पिटल पुर्याएर कुवेतका डक्टरले चेकजाँच गरेर रिपोर्ट निकाल्दा बिरामीको दुबै मिर्गौला फेल भाएको छ !!भन्ने जानकारी गराए पछि कम्पनी बाट छुट्टी लिएर नेपाल फर्केर पुन नेपाल मेडिकल कलेज जोरपाटीमा स्वस्थ परिक्षण गराउदा दुबै मृगौला फेल भएको रिपोर्ट नै आएपछी हाल नेपाल काठमांडू टिचीङ हस्पिटलमा उपचार भइरहेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्

‘दर्शन नमस्ते’राई ईज किङ गायक राजेश पायल राई नयाँ बर्ष सांगितिक धमाका को लागि यही बुधबार बेलुकि ७:२० बजे कुबेत आइपुग्ने


सुरेश गुरुङ कुबेत, यही आउदो १९ अप्रिल २०१९ शुक्रबारको दिन सम्पन्न हुन गैरहेको नयाँ बर्ष सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित चर्चित ख्यातिप्राप्त कलाकार गायक राजेश पायल राई यही बुधबार साँझ ७:२० बजे अप्रील १७ तारिक कुबेत आइपुग्ने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्