कुवेतमा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाले धमाका मच्चाउने भएका छन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यी प्रख्यात कलाकार ल्याएर बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो ।
नु.धा.रा. समाजको आज फर्वानिया पार्कमा सस्थाका अध्यक्ष राकेश मानाङ्थेनको अध्यक्षतामा बसेको बैठकले आउँदो जुलाई १९ तारिख शुक्रबार अतिथि कलाकार ल्याएर प्रथम बार्षिक उत्सब मनाउने निर्णय गरेको कार्यक्रम संयोजक धर्म तामाङले कुबेत नेपालडटकम लाई बताउनु भएको छ।
रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले यो प्रथम साँस्कृतिक कार्यक्रम गर्न लगेको हो ।
कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा स्थानीय म्हेन्दोमाया कलाकार बिश्वास पासा तामाङ र अन्य थुप्रै कलाकार हरुको दमदार प्रस्तुति रहने छ ।उक्त दिन कुवेतमा क्रियाशील संघसस्थाहरुलाई कार्यक्रम नजुधाईदिनु हुन आयोजक समितिले अनुरोध गरेको छ ।
कार्यक्रम:साँस्कृतिक कार्यक्रम अथीती कलाकारहरु:बुद्ध लामा र गायिका सरस्वती लामा
मितिः जुलाई १९ तारिक २०१९ ।
स्थानः इन्डियन स्कुल स्कुल, जलिब ।
समयः बिहान ११ बजे देखी
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत