“रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ नवबर्ष २०७६ सांगीतिक धमाका हुदै


सुरेश गुरुङ मार्च २४ कुबेत “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नवबर्षको उपलक्ष्यमा २०७६को शुभकामना आदानप्रदान तथा नवबर्ष २०७६ अठारौ सांगीतिक धमाका गर्ने भएको छ।

स्थापनाकाल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था साँस्कृतिक मन्चले नेपाल मा सिधाकुरा जनता संग (Rabi Lamichhane) नेतृत्वमा निर्माण हुन गइरहेको नेपालकै दुर्गम कर्णाली क्षेत्र कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताल निर्माण” सहयोगार्थ को लागि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सांगीतिक धमाका गर्न लागिएको सोही संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन् |

उक्त सामाजिक कामको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था बुद्धिजिवि, समाजसेवी, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आ आफ्नो संघ संस्था तथा ब्यक्तीगत तर्फबाट अर्थिक,नैतीक तथा भौतिक सहयोग गर्नु हुने अपेक्षा सहित उक्त दिनको कार्यक्रम सभ्य तथा भब्य रुपम सफल गराउन कुबेत स्थित कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था कार्यक्रम नजुधाइदीनु हुन नेपाल कुवेत सांस्कृतिक मन्च परिवार हार्दिक अनुरोध गर्दछौं

सांस्कृतिक मन्च ले बिगतका बर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न साथै बिभिन्न सामाजिक कार्यहरु उदाहरणको लागि बिगतमा भएको बिनाशकारी भुकम्प वाढी पैरो पीडित,सुन्सरीको प्राथमिक स्कुल लाई नेपाली१ लाख २१ हजार रुपैया, बाढी पैरो पिडित लाई २० हजार रुपैया,मृगौला पीडितलाई ५० हजार रुपैया सहयोग गर्दै आईरहेको कुरामा सङ्लो पानी झै सबै सामु छर्लङ साथ प्रस्तुत गर्दै आईरहेको छ र आसा गरौं भावी आउने दिनहरूमा निरन्तर रूपमा दिईरहने छ।

अन्त्यमा मा कार्यक्रम हेर्न निशुल्क रहने पनि सोही संस्थाले कुबेतवासी दाजुभाई तथा दिदी बहिनी हरुलाई जानकारी गराएको छ।

कार्यक्रमको विवरण

कार्यक्रम:अठारौ सांगीतिक धमाका
मिति : ३ मइे २०१९
स्थान : पपिन्स हाल अब्बसिया (ब्लक ४, स्ट्रीट ५, युनाइटेड इन्डियन स्कुलको नजिक)
समय : दिनको ठिक १२ बजेदेखी
आयोजक : नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.