स्याङ्जा जिल्लाको वालिङ नगर पालिका-३ माझकोटस्थित सिंगारकोट गाउंमा ८७ लाखको लागतमा “सिंगारकोट इलेक्ट्रिक पम्प खानेपानी योजना” सम्पन्न !


काजी गुरुङ, हङकङ

स्याङ्जा जिल्लाको वालिङ नगर पालिका- ३, माझकोटस्थित सिंगारकोट गाउंमा कादुरी एग्रीकल्चरल गुर्खाज नेपालद्वारा “सिंगारकोट इलेक्ट्रिक पम्प खानेपानी योजना” सम्पन्न भएको छ। यो योजना लगभग ५ महिनाको अवधिमा सम्पन्न भएको हो। कादुरीको अनुसार यो योजना उक्त गाउंमा बसोबास गर्ने सिंगारकोट र छापा गाउंका लागि उनीहरुको उपभोगको लागि एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ भने यस योजनाको नियमित मर्मत तथा संभारको जिम्मेवारी भने उपभोक्ताहरुको भएको र यदि प्राकृतिक प्रकोप जस्तै बाढी, पहिरो, भूकम्प आदिको कारणले गर्दा ठुलो मर्मत गर्नु परेमा कादुरी एग्रीकल्चरल गुर्खाज नेपालले नै सहयोग गर्ने बताएका छन।

यो योजनाको कुल लागत उपभोक्ताहरुको योगदान र मूल्य अभि बृद्दि कर सहित गरेर ८७ लाख २२ हजार एकहत्तर रुपैंया तीस पैसा रहेको छ भने यो योजनाबाट ५३ घरधुरी (२३० जना) पूर्ण रुपमा लाभान्वित हुने भएका छन। यतिबेला नेपाल अधिराज्यको अधिकांश गाउं गाउंमा झिलीमिली बिजुलीदेखि मोटर बाटो घर घरसम्म पुगेको छ। गाउंमा एउटै समस्या बांकी थियो त्यो आज कादुरी एग्रीकल्चरल गुर्खाज नेपालले पूरा गरि दिएको छ।

बिशेष गरेर यो योजना ल्याउंनको लागि सोही गाउंका स्वर्गीय अनरेरी क्याप्टेन जय बहादुर गुरुङको माईला सुपुत्र बेलायती सेनाबाट अवकाश प्राप्त क्याप्टेन फत्त गुरुङ (मेरो आफ्नै सहोदर माईला दाई) ले पहल गरेका हुन। हाल वहाँ स- परिवार सहित बेलायतमा नै बसोबास गर्नु हुन्छ। बिगत केहि समयदेखिको कादुरी एग्रीकल्चरल गुर्खाज नेपालका उच्च ओहोदामा रहेका बिशिष्ट ब्यक्तित्वहरुसंगको भेट्घाट र छलफल पश्चात पनि विविध समस्याहरुको बावजुद असफल भई पुन: आजको यो स्थितिसम्म ल्याई पुर्याउंन सफल हुनुमा वहाँको ठुलो हात रहेको छ । संयोग पनि मेल खान पुगेको छ। यसभन्दा अगाडि वहाँकै पूज्यनिय बाबाको पहलमा नै नेपाल रेडक्रसको सहयोगमा यो गाउंमा साविक माझकोट शिवालय-१ बुढाकोटबाट खानेपानीको योजना सम्पन्न भएको हो। यसैगरि यो योजनामा अहोरात्र खट्नु हुने तथा यस योजनाका संयोजकको भूमिका निभाउंनु हुने सुबेदार मेजर हुम बहादुर गुरुङ पनि बिशेष धन्यवादका पात्र हुन। वहाँले पनि बिभिन्न चुनौतीहरुको सामना गर्दै आज यो योजनाले मूर्त रुप लिएको छ भने योजनाको क्रममा आफ्नो गाउं आँफै बनाउं र एक घर, एक धारा भन्ने योजनाको उपभोक्ता समितिमा बसेर अहोरात्र खट्नुहुने समितिका ब्यक्तित्वहरु पनि बिशेष धन्यवादका पात्रहरु हुन र उपभोक्ताको रुपमा दिन रात नभनिकन योजनालाई सफल अनि सम्पन्न गराउंन खट्नुहुने सिंगारकोट र छापा गाउंका सम्पूर्ण अग्रज गाउंबासीहरुलाई हार्दिक नमन साथै आभार ब्यक्त गर्न चाहन्छु।

योजना सम्पन्न पश्चात यस योजनाको नियमित मर्मत तथा संभारको जिम्मेवारी भने उपभोक्ताहरुको भएको हुंदा क्याप्टेन फत्त गुरुङकै पहल तथा कन्सेप्ट (परिकल्पना) अनुसार जति पनि नेपाल बाहिरा रहेका सिंगारकोट र छापा गाउंका बासिन्दहरुसंग सामाजिक सञ्जालमा छलफल पश्चातको अन्तिम निष्कर्षबाट केहि आर्थिक संकलन गरेर उक्त संकलित रकमबाट अक्षय कोषको निर्माण गरि आएको ब्याजबाट एक जनासम्मलाई रोजगार दिंदै दैनिक रुपमा मर्मत तथा संभारको कार्यभार सुम्पिने बमोजिम हालसम्म नेरु १० लाखभन्दा बढी नै आर्थिक संकलन गरि सकिएको छ र अब केहि समय पछि नै यसलाई सोही बमोजिम गाउंलेहरुसंगको छलफल पछि समन्वय गरी कार्यन्वयन गरिनेछ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.