चन्द समूहमाथि निगरानी : राेल्पामा सुरक्षाकर्मी बढाइयो


काशीराम डाँगी
रोल्पा — नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए ।

‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले सुरक्षाकर्मीलाई अलर्ट राखेका छौं ।’ उनका अनुसार चन्द समूहका कार्यकर्ताले तीन साताअघि यहाँ टेलिफोनका दुई टावरमा बम हानेका थिए । स्थानीय तहका गाडीहरूमा आगजनी गरेका थिए । सदरमुकामका साथै ग्रामीण क्षेत्रका आधा दर्जन स्थानमा विस्फोटक पदार्थ भेटिएको थियो । ‘बम राखेर तर्साउन खोजेजस्तो देखिएको छ, सुरक्षा संयन्त्रलाई सचेत बनाएका छौं,’ प्रहरी नायब उपरीक्षक दीपक खड्काले भने ।

विस्फोट र केही कार्यकर्ताले हतियार देखाएको सूचनापछि रोल्पाका सबै प्रहरी इकाईमा सुरक्षाकर्मी थपिएको उनले बताए । जिल्ला सुरक्षा समितिले विस्फोट र आगजनीका घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ । हिंसात्मक गतिविधि रोक्न सबै सुरक्षा संयन्त्रबीच समन्वय गरेर परिचालन गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार अहिले सयभन्दा बढी प्रहरी थपिएको छ । संघीय र प्रदेश सुरक्षा संयन्त्रले थप प्रहरी बल पठाएका हुन् । प्रजिअ एमसीका अनुसार सुरक्षा व्यवस्था खस्किन नदिन सबै अंग परिचालन गरिएको हो । अहिले जिल्लामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् । सबै सुरक्षाकर्मीको संख्या २ हजार बढी छ । सेनालाई लामो दूरीको निगरानी गर्न स्वीकृति दिइएको छ ।

पोलिटब्युरोसदस्य पक्राउ
काठमाडौं (कास)– प्रहरीले चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई ललितपुर बालकुमारीस्थित डेराबाट नियन्त्रणमा लिएको हो ।

सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेकामध्ये कार्की चन्द समूहका ठूला नेता हुन् । उनी शुक्रबार राति औषधि लिन डेरा पुगेका बेला पक्राउ परेका थिए ।

प्रहरी स्रोतका अनुसार उनलाई सामाजिक हितविपरीत क्रियाकलाप गरेको आरोपमा मुद्दा चलाउने तयारी छ । वैशाखयता मात्रै यो समूहका ४ सय १६ कार्यकर्ता पक्राउ परेका छन् । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.