Daily Archives: 14/03/2019

“माबर ल्हा” नामक तामाङ गीतको म्युजिक भिडियो सार्बजनिक


तामाङ गीत संगीतको दुनियाँमा फेरी एउटा नयाँ इट्टा थप्ने काम भएको छ । महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा “म्हाबर ल्हा” नामक तामाङ गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुरक्षा निकायलाई सरकारको निर्देशन–‘हतियारसहित भेटिए गोली हान्नू’


काठमाडौँ — सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भने । बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न निर्देशन छ । सामान्य कार्यकर्तालाई पनि पिछा गर्ने, बासस्थान निगरानी गर्ने र एक जिल्लादेखि अर्को छिर्ने सवारीमा समेत जाँच कडा पार्ने निर्देशन छ । पढ्नेक्रम जारी राख्नुहोस्