Daily Archives: 13/03/2019

कामदार आपूर्तिका विषयमा नेपाल र जापानबीच जुट्यो सहमति


मार्चमै हस्ताक्षार, अप्रिलबाट प्रक्रिया थालनी
रविन्द्र घिमिरे
२९ फागुन, काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्ति’bout ‘सहकार्यको समझदारी’ (एमओसी)मा समझदारी जुटेको छ । दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठकमा पेश हने क्रममा छन् ।श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदमा पठाउन लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।‘एक हप्ताभित्रै दुबै देशका सरकारले एमओसी पारित गर्नसक्छन्,’ ती अधिकारीले भने,’त्यसपछि हस्ताक्षरको मिति पनि तत्कालै तय हुन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

महिलाको अस्तित्व स्वीकारे परिवर्तन गर्न सकिन्छः राष्ट्रपति भण्डारी


२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अस्तित्व स्वीकार्दा मुलुकमा निकै ठूलो परिवर्तन हुने बताएकी छन् ।
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औंं अधिवेशनका अवसरमा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिला विभेद समाजको उपज भएकाले अपरिवर्तनीय नभएको स्पष्ट पारिन् । ‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल (सत्र)मा उनले लैङ्गिक समानता जीवन जगत् र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने औँल्याइन् । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले किन लगायो नेत्रविक्रम चन्दका गतिविधिमा प्रतिबन्ध ?


दुर्गा खनाल
काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए । उक्त समूह राजनीतिक उद्देश्यभन्दा हिंसात्मक र आपराधिक ढंगले अघि बढेकाले कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘वार्तामा आउन पटक–पटक आग्रह ग¥यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘चन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन । आपराधिक खालका गतिवधिमा मात्र संलग्न रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

इराक पुर्‍याउन दिल्लीमा सेटिङ


जनकराज सापकोटा
काठमाडौँ — चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपिसहितको फाइल छ ।  इन्दु गत जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रूपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन सम्पर्क गरेपछि परिवार झसङ्ग भयो । पढ्नेक्रम जारी राख्नुहोस्