राउतका पछिल्ला गतिविधि ’bout सरकारले स्पष्ट पार्नुपर्छ : देउवा


लालप्रसाद शर्मा
पोखरा — पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने भनिएको सहमति विपरीत सीके राउतका पछिल्ला गतिविधि’bout सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।  मंगलबार पोखरामा आयोजित पत्रकारसँगको भेटमा देउवाले सहमतिको एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनका पछिल्लागतिविधि राष्ट्रघाती भएकोे बताए।राउतले दिदै आएको जनमत संग्रहमार्फत छुट्टै देश बनाउने भन्ने अभिव्यक्तिको प्रधानमन्त्री केपी ओलीले खण्डन गर्नुपर्ने नभए राउतलाई पक्राउ गर्नुपर्ने उनको माग छ।
राउतसँगको सम्झौताबाट नेपालको कुनै पनि भागलाई टुक्राउने काम नमान्ने र यो सह्य नहुने उनले बताए। ‘राउतले जनमत संग्रह गरेर देश टुक्राउने कुरा गरेका छन्। मूलधारमा आएको भए त्यस्तो भन्थे?,’ देउवाले भने, ‘हामीले राउतलाई मूलधारमा ल्याउने कुराको विरोध गरेका छैनौं। तर उनका पछिल्ला अभिव्यक्ति राष्ट्रघाती कदमको रुपमा लिएको छु। यसको खिलापमा हामी जान्छौ।’

राउतका अभिव्यक्तिको प्रधानमन्त्रीले खण्डन गर्नुपर्‍यो वा उनलाई पक्राउ गर्नुपर्ने उनले बताए। एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनको अभिव्यक्ति’bout स्पष्ट पार्ने काम सरकारको रहेको उनको भनाई थियो। देउवाले सरकारले राउतसँग सहमति गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह नगरेको बताए।

उनले सरकारले एक वर्षको अवधिमा एउटै देखाउन लायक राम्रो काम नगरेको आरोप लगाए। बरु स्थानीय तहको अधिकार खोस्न थालेर अधिनायकतर्फ जान खोजेको उनको भनाइ छ। सरकार संघीयता कमजोर बनाउन लागेको भन्दै उनले सरकारविरुद्ध आन्दोलनमा जाने बताए।

फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोजिएको र यो प्रजातन्त्रमाथिको अर्को आक्रमण रहेको उनले दाबी गरे। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति इंगित गर्दै उनले हत्या, हिंसाको राजनीति गर्नेलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिए। (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.