आफ्ना बच्चालाई अरूसँग नदाँजौँ ! हरेक अभिभावकले एकपटक पढौँ।


काठमाडौँ — अभिभावक भन्छन्– नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुपर्‍यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस् ? कत्ति खेलिराखेको ? छिटो होम वर्क गर् । म त हैरान भ एँ । फलानो कति मजाले पढिराखेको छ । उसलाई पढ् भन्नै पर्दैन । हाम्रो त कत्ति भन्दा पनि हुँदैन । फलानो फस्ट हुन्छ रे । तेरो खोइ प्रगति ?अरूसँग नदाँजौँ । नानी झनै निराशहुन्छ । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उसमा पर्छ । उसले राम्रै गरे पनि हामीले नराम्रो देखेका छौँ कि !

उसका राम्राकार्यको प्रशंसा गरेका छौँ ? उसले गणित ढिलो सिक्ला । नेपाली त जान्दछ नि । अङ्ग्रेजीमा राम्रै होला । चित्र बनाउन आउँछ कि ! अथवा उसलाई मन पर्ने विधा कुन हो ? त्यसमा राम्रै गर्ला । ऊ आज जे गर्दै छ, कतै हामीले नै सिकाएका हौँ कि !सुरुमा ऊ आमाको दूध चुस्थ्यो । काखमै लुटपुटिन्थ्यो । उसका लागि सारा संसार त्यही काख थियो । अलि पछि लिटो खान थाल्यो । जाउलो पनि खायो । रहर थियो । सानो नानी । सिँगारपटार गरेर बजार लानुभयो । बजारमाझुन्ड्याइएका वस्तुहरू ऊ चि न्दैनथ्यो ।

आमा–बुबाले आफैँ सोध्नुभएको होइन, कुन खाने नानी ? उसले जुन देखायो, त्यही किन्दिनुभयो । केमिकलको बिउ । स्वादको बिउ । बानी पर्‍यो । स्वाद गढ्यो । खान नमान्दा पनि त्यो रसायन कोच्याइ–कोच्याइ खुवाउनुभयो । बामे सर्दै गएर भाँडो घोप्ट्याउँदा बलवान् भएछ भनी खुसी हुनुभयो । पल्लाघरे अङ्कललाई मुड्कीले हान्न सिकाउनुभयो । अलि ठूलो भयो । भाँडो घोप्ट्याउँदा पिट्नुभयो ।पाहुनालाई गालामा उसले हिर्काउँदा सिर्कनाले हान्नुभयो । पढ्न नजान्दा यत्ति पनि आउँदैन भन्नुभयो । अलि राम्रो लेख भन्नुभ यो । राम्रो कुन हो, सिकाउनुभएन ।

सानो छँदा जुन नहुने कुरा थियो, त्यसमा हौसला दिनुभयो । जुन कुरामा हौसला दिनुपर्थ्यो, त्यसमा निरुत्साहित गर्नुभयो । तैँले सक्दैनस्, तँ जान्दैनस् भन्नुभयो ।एक दिन स्कुल छुट्टी हुँदा दिक्दार नमानौँ । बच्चाले पिरोल्दैन । ऊ तपाईंसित नजिकिन्छ । घुम्न जाँदा सँगै लैजाऔँ । घाँडो नमानौँ । घरमा पनि राम्ररी हेरविचार गरौँ । बालबालिका हाम्रा रगत हुन् । आफूसँगै राखौँ । छातीमा टाँसौँ । स्कुलमा मिसलाई धेरै होमवर्क दिन नभनौँ । उसले पीएचडी गर्न लागेको होइन । घरमा ऊसँग कुरा गरौँ । सँगै बसेर पढौँ । ऊ सँगसँगै लागेर होमवर्क गरौँ । तर आफैँ नगरिदिऔँ ।

उसले पढ्न नजान्दा निरुत्साहित होइन, प्रोत्साहित गरौँ । उसले एउटा अक्षर लेख्न नजानेको हो । एउटा शब्द पढ्न नजानेको हो । पहाड खसेको होइन ।पहिले उसलाई संस्कार सिकाऔँ । संस्कार भनेको बानी हो । बानी उसले हामीबाट सिक्छ । शिक्षा भनेकै बानी हो । बानीहरूको विकास । असल बानीहरूको निर्माण । पढेका सबै हुन्छन् । असल बानीका सबै हुँदैनन् । असल बानीमा अभ्यस्त भइसकेपछि पढ्नु ठूलो कुरा होइन । बेला आएपछि पढ्छ । तर दबाब दिँदा पढ्दैन । दबाब भए हाम्रो छेउमा पढेजस्तो गर्छ । उसको मन त्यहाँ हुँदैन ।

हामी उसको तनलाई नियन्त्रण गर्न सकौँला । मन नियन्त्रण गर्न सक्दैनौँ । तनलाई होइन, मनलाई जितौँ । उसको चाहनासँग रमाऔँ । उसको रुचिसँग रमाऔँ ।स्कुल पठाउनु मात्रै हाम्रो दायित्व होइन ।लुगा किन्दिनु र नुहाइदिनु मात्रै पनि दायित्व होइन । मानिस को सिकाइ गर्भाधानबाटै सुरु हुन्छ रे । पूर्वीय दर्शनमा आमालाईपहिलो गुरु मानिएको छ । पहिलो पाठशालाघर हो । यसलाई पश्चिमी दर्शनले पनि स्वीकारेको छ ।टेरेसालाई कुन उपाधि दिने भन्दा सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘मदर’ उपाधिले सम्मान गरियो।बा लकको भविष्य निर्माणमा आमाको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ ।

उसलाई जन्माउन, हुर्काउन र बढाउन अमाले सारै कष्ट सहनुभएको छ । ऊ जन्मनुअघि र जन्मेपछि तपाईंले ठूलो सपनादेख्नुभएको छ । बीच बाटामा अलमलिएकोयात्री जता बाटो देखाइदियो, त्यतै जान्छ । उसलाई सही र गलत बाटाको ज्ञान हुँदैन । बालक बीच बाटामा अलमलिएको यात्री हो । उसलाई कस्तो बाटो देखाउने भन्ने कुरामा अभिभावकले ध्यान पुर्‍याउनैपर्छ ।लेखक कर्णाली एजुकेसन फाउन्डेसनझापाका प्राचार्य हुन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.