Daily Archives: 05/03/2019

पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन


नवलपरासी, २१ फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जापान रोजगारी अन्तिम चरणमा


तुलसी सुवेदी
काठमाडौं : जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन्। मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ। त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ। ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

पाथीभरामा जहिल्यै प्रतिकूल मौसममा उडान


उच्चपदस्थ व्यक्तिहरू जसरी पनि मन्दिर पुग्ने र माैसम बिग्रिए पनि पटक–पटककाे प्रयासमा दर्शन गरेर फर्कने गरेका छन्
आनन्द गौतम
ताप्लेजुङ — पाथीभरा क्षेत्रमा विशिष्ट व्यक्तिहरूको प्रायः उडान प्रतिकूल मौसममा हुने गरेको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरैजसो उच्चपदस्थ व्यक्तिहरू पदमा रहेकै बेला पाथीभरा पुग्ने र प्रतिकूल मौसमबीच मन्दिर दर्शन गरेर र्फकने गरेका छन् ।   पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पाथीभरा दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना हुँदा उनीसहित सात जनाको ज्यान गयो । प्रतिकूल मौसम बेवास्ता गर्दै हेलिकप्टर उडाइएकाले दुर्घटनामा परेको टीकाटिप्पणी भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्