Daily Archives: 04/03/2019

भोजपुर सेवा समाज कुवेतद्वारा ५ वटा स्टेचर बितरण


भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज महाशिवरात्री : १० लाखले दर्शन गर्ने अनुमान, सुरक्षा व्यवस्था कडा


सुवास गोतामे
काठमाडौं : यसपटकको महाशिवरात्रीमा १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा पशुपति क्षेत्र विकास कोषले गरेको छ। महाशिवरात्री सोमबार परेको छ। कोषका सदस्यसचिव डा. प्रदीप ढकालले महाशिवरात्रीमा १० लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको बताए। उनले भने, ‘हामीले सहजै दर्शन गराउने व्यवस्था मिलाएका छौं। विशेष पासको व्यवस्था छैन। ज्येष्ठ नागरिकलाई स्वयंसेवकको सहयोगमा पशुपतिनाथको दर्शन गराइनेछ।’ बिहान तीन बजे मूल मन्दिरको तीनवटा ढोका खुल्नेछ। यस्तै भक्तजनलाई पशुपतिनाथ दर्शनका लागि चार बजे खुला गरिने कोषको तयारी छ। पशुपतिनाथको दर्शन गर्न उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाइनको व्यवस्था मिलाइएको छ। पार्किङ स्थल सिफल, तिलगंगा र कोषको कार्यालय परिसरमा तोकिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय शिक्षा ऐनको मस्यौदा: सत्तारुढ दलकै सांसदको असहमती


सुनील महर्जन, काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदालाई सत्तारुढ दलका सासंदहरुले विरोध गर्न थालेका छन् ।
मन्त्रालयले तयार पारेको सो विधयेकले संघीयतालाई ठाडो नकार गरेको विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुसँग संघीय सांसदहरुको ध्यानाकर्षण गराउँदा उनीहरुले त्यसको विरोध गरेका हुन् । संघले एकपछि अर्को गरी प्रदेश, स्थानीय तहको अधिकार खोसिरहेको भन्दै महासंघ र संघले सो ध्यानाकर्षण गराइएको बुझिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्