भारतीय नाकाबन्दीविरुद्ध बोलेका ओली–प्रचण्ड भारत–पाक युद्धमा किन बोलेनन् ?


काठमाडौं, १९ फागुन । लगभग दुई बर्ष अघि काठमाडौंको खुलामञ्चमा ‘हामीले के त्यस्तो गल्ती गरेका थियौं र भारतले नाकाबन्दी लगायो ?’ भनी प्रश्न गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत–पाकिस्तान युद्ध र शान्ति प्रक्रिया’bout मुख खोलेका छैनन् ।नेकपा अध्यक्ष केपी शर्मा ओलीको अघिल्लो सरकारका पालामा प्रचण्डको तत्कालिन दल नेकपा माओवादी केन्द्रको समर्थन थियो । सोही बेला उनले भारतले नेपालको संविधानमा असन्तुष्टि जनाउँदै उक्त प्रश्न गरेका थिए ।

त्यसो त अन्तर्राष्ट्रिय राजनीतिको पक्ष र विपक्षमा चाँडो बोल्ने गरेका प्रचण्डले भारत–पाक युद्धका विषयमा नेकपाबाट धारणा दिन सक्ने अनुमान गरिएको छ । नेपाल शान्तिको पक्षमा रहेको र शान्ति सम्झौताका जीवित एक पक्ष रहेका कारणले पनि प्रचण्डको धारणा अर्थपूर्ण हुने मानिन्छ । १२ बुँदे सम्झौता दिल्लीमा गरेका र नेपालमा शान्ति सम्झौताको एउटा हिस्सेदारीको नेतृत्व प्रचण्डले गरेका थिए ।

उनले अघिल्लो महिना भेनेजुएलामा भएको आन्तरिक राजनीतिक संकट र विश्व समुदायको पक्ष र विपक्षको होडबाजीमा अमेरिकाविरुद्ध विज्ञप्ति जारी गरेका थिए । जसका कारण नेकपामा विवाद पनि आएको थियो ।

दक्षिण एसीयाली राष्ट्रहरूको संगठन सार्कका दुई सदस्य मुलुकबीच भएको युद्धका विषयमा नेपाली सत्ताले आफ्नो धारणा दिँदै शान्ति कायम गर्नका लागि आह्वान गर्न सक्दथ्यो । यो क्रममा प्रधानमन्त्रीका हैसियतमा ओलीले पनि कुनै खास अर्थपूर्ण धारणा सार्वजनिक गरेका छैनन् ।

अझ, चुनावअघिको आफ्नो प्रधानमन्त्रीत्वकालमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन फिनबीच बसेर नेपालको कुटनीतिक राजनीतिको उचाई रहेको उदाहरण पेस गरेको तस्बिर सार्वजनिक भएको थियो ।

विश्व कुटनीतिमा नेपालको भुमिकालाई अर्थपूर्ण बनाउन सक्ने ओली र प्रचण्ड अहिले एउटै दलका अध्यक्ष छन् । भारत पाकिस्तान युद्धका विषयमा दुवैको धारणा नआउनुलाई नेपाली राजनीतिमा भारतको दबाब त छैन भन्ने शंका पनि उव्जिएको छ ।

विश्लेषकहरू भन्छन्,‘भारतले आन्तरिक राजनीतिमा प्रत्यक्ष प्रभाव राखेका कारणले पनि निष्पक्ष र तटस्थ भएर नेपालले निकासका लागि खास सुझाव दिन नसकेको हो ।’ जबकि, पाकिस्तानले नेपाललाई भारतले लगाएको नाकाबन्दीको विरोधमा बोलेको थियो । सोही क्रममा पाकिस्तानका तत्कालिन प्रधानमन्त्रीको नेपाल भ्रमण पनि भएको थियो ।

भारत र पाकिस्तानबीच तनाव चलिरहेका बेला तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइरालाको कार्यकालमा नेपालमा सार्क सम्मेलन हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालिन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई आमने सामने बनाएर वार्ता गराएको भन्दै नेपालको चर्चा भएको थियो ।

भारतीय सेनामा लामो समय काम गर्नेक्रममा कारगिल युद्धमा खटिएका पूर्व सैनिकले शान्ति स्थापनाका लागि धारणा व्यक्त गरिरहँदा मुलुकका पक्षबाट पनि खास धारणा आउदा राम्रो हुने सुझाव विश्लेषकहरूले बताउँदै आएका छन् ।

भारत–पाकिस्तान युद्धका विषयमा पनि विश्व समुदाय दुई धारमा उभिएका छन् । खासगरी चीनलगायतका मुलुक पाकिस्तानको पक्षमा, पाकिस्तानले गरेको सैनिक लडाकु फिर्ताको विषयमा राष्ट्र संघको सकारात्मक टिप्पणी पनि आइसकेको छ । अमेरिकालगायत भने भारतको पक्षमा बोलिरहँदा सार्कको सुत्रमा बाँधिएको नेपाल भने मौन नै छ ।(दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.