Monthly Archives: मार्च 2019

एसईई पुनर्परीक्षा : भत्तामा मात्रै ३ करोड बढीको बोझ


परीक्षा मिति तोक्न बोर्ड बैठक बस्दै
१७ चैत, काठमाडौं । प्रदेश २ मा स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई करोडौंको आर्थिक भार थपिने भएको छ ।विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा लगातार दुई दिन आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को परीक्षा रद्द गरेको थियो । प्रश्नपत्र आउट प्रकरणको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानविनसमेत गरिरहेको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले रद्द भएका विषयहरुको पुनः परीक्षा चैत महिनाभित्रै सञ्चालन गर्ने लक्ष्य रहेको बताए । प्रदेश २ मा स्थगित परीक्षा चैत महिनाभित्रै सञ्चालन भएमा अरु प्रदेशहरुसँगै एकैपटक नतिजा निकाल्न सहज हुने बोर्डको विश्वास छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

लगानी सम्मेलन सम्पन्न, ७७ आयोजना ‘शो–केस’ मा १५ वटासँग सम्झौता


राजु श्रेष्ठ, काठमाडौं
विभिन्न १५ वटा आयोजनामा सम्झौता गर्दै नेपाल लगानी सम्मेलन– २०७५ मा सम्पन्न भएको छ । सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको हो । ‘शो–केस’ मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार विभिन्न १७ वटा आयोजनामा शुल्क तिरेर लगानी गर्ने चासो राख्दै प्रस्ताव आएको छ । यद्यपि, अप्रिल २० तारिखसम्म ‘शो–केस’ मा राखिएका आयोजनामा आवेदन दिन सकिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

१७औं बमजन कपको उपाधी सरोकार समाजले चुम्यो, उपबिजेता GFC (फोटो फिचरसहित)


कुवेतनेपाल डट कम

३० मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लगानी सम्मेलन : ३० खर्बको खोजी


लगानी सम्मेलनमा सरकारी ५०, निजी २७ आयोजना ‘सोकेस’ गरिँदै
४० भन्दा बढी देशका ६०० भन्दा बढी सहभागी हुँदै
लगानी क्षेत्रका चुनौती र अवसर’bout १० वटा सत्रमा बहस हुने
विजय तिमल्सिना
काठमाडौँ — कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन शुक्रबार लगानी सम्मेलन सुरु हुँदै छ । लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ । अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनको तयारी पूरा भएको बताए । लगानी बोर्डका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका ६ सयभन्दा बढी सहभागी हुने टुंगो लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रेल कुदाउन चीन आतुर


चन्द्रशेखर अधिकारी

बेइजिङ : नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं।’ उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए। ‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो’ पढ्नेक्रम जारी राख्नुहोस्

भत्ताको व्यथा


शिवराज भट्ट

धनगढी : हातमा लौरो, काँपिरहेको शरीर, कमजोर आँखा । कृषि विकास बैंक कैलाली शाखा परिसरमा सयौं ज्येष्ठ नागरिकको लाममा ९० वर्षीय कालीप्रसाद चौधरी चर्को घाममा लामबद्ध थिए । अघिपछि उभिएका ज्येष्ठ नागरिकसँग अडेस लागेर उभिएका चौधरीको हातमा ८ हजार रुपैयाँको चेक थियो । ‘९० वर्षको भएँ । चार महिनाको भत्ता लिन बैंकमै आएको हुँ’, मसिनो बोलीमा उनले भने, ‘नजिकैको वडा कार्यालयबाट वितरण गरिदिएको भए कति सहज हुन्थ्यो ? ’चौधरी आफूले भोट दिएर जिताएका जनप्रतिनिधिप्रति आक्रोशित देखिन्थे । उनले भने, ‘वृद्धभत्ता घरघरमै पु¥याइदिन्छौं भनेर प्रतिबद्धता गरेका जनप्रतिनिधि अहिले कुन्नि काँ गए ? ’ पढ्नेक्रम जारी राख्नुहोस्

अब पाँच पाँच वर्षमा प्रधानाध्यापकको सरुवा


काठमाडौं, १३ चैत । संघीय संसद्ले प्रत्येक पाँच–पाँच वर्षमा अन्तरविद्यालयमा प्रधानाध्यापकको सरुवा गर्ने प्रस्ताव अगाडि सारेको छ ।
शिक्षा नीतिको विषयमा सुझाव दिन गठित संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको शिक्षा उपसमितिले सो प्रस्ताव अघि सारेको हो । राजधानी दैनिकले समाचार छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

निर्णय फिर्ता नलिए सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी


रामकृष्ण अधिकारी
काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्। चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्