Daily Archives: 28/02/2019

भियतनाममा ट्रम्प र किमबीचको वार्ता असफल


१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएको छ । दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको ह्वाइट हाउसले जनाएको छ । ‘यसपटक कुनै समझदारी भएन तर, उनीहरुको आआफ्ना टिमले भविष्यमा वैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले एक विज्ञप्तिमा भनेकी छन् । विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हानोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने


पोखरा — हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकाे गृह जिल्ला कास्कीमा हुनेभएको छ ।  कास्की क्षेत्र नं २ बाट संघीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्