सुरज कुँवर, जनकराज सापकोटा
काठमाडौँ — बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/02/2019
एयर डाइनेष्टीमा सवार ६ जनाको शव फेला
Posted in दु:खद समाचार
पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना
मकर श्रेष्ठ, सुरज कुँवर
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
आगो लागि पीडित खोटाङको कविराज बास्तोला लाई प्रबासबाट आर्थिक सहयोग।
सेवा नै धर्म खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं:- २ बस्ने कविराज बास्तोलाको घर तिहारको लक्ष्मी पुजाको साँझ दियो बत्ती गरि सुत्न लाग्दा बत्तिको दियो पर्दामा सल्किएर आगो निस्की केही सामान निकाल्न नपाई घर जलेको थियो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
कुवेतलाई नेपालले हरायो, रुबिनाको ह्याट्रिक
१५ फागुन, काठमाडौं । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए । उनीहरुले ३३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कुवेतलाई नेपालले दियो १ सय १७ रनको लक्ष्य
उमन्स टी-२० वर्ल्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपालले एक सय १७ रनको चुनौती प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा २० ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा एक सय १६ रन बनायो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर कांग्रेसका नेताहरू भोज खान हिँडे
काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूला नेताहरू विवाह भोज खान तराई झरेका छन् । ललितपुरको सानेपामा मांगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पेलेर जान खोजेको भन्दै पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिस्कार गरेका थिए । अनुशासन समिति बनाउने विषयमा पौडेल र सिटौला समूहले बखेडा झिकेका थिए । पौडेल र सिटौलाले पाँच सदस्यीय अनुशासन समितिमा दुई वटा सदस्य पाएका छन् । देउवाले संयोजकसहित दुई सदस्य आफैले राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार