हिजो मिति २५ फेब्रुअरी २०१९ को दिन कुवेतको स्वतन्त्रता दिवसको अवसर पारेर उक्त दिन सार्वजनिक विदा हुने भएको हुँदा लमजुङ सेवा समाज कुवेतले मिसिला विचमा एक भब्य कार्यक्रम सम्पन्न गर्यो।
कार्यक्रममा उपस्थित हुनु भएको सम्पुर्ण लमजुङ बासीहरु र गैर लमजुङ बासीहरु लाई समाजका महासचिव श्री जगन्नाथ अधिकारी ज्यू ले स्वागत गर्नु भएको थियो।उहाँले सो कार्यक्रममा बोल्नु हुदै यस कार्यक्रमले गर्दा हामी बिचको सम्बन्ध गहिरो र संगठन बिस्तारमा अहम् भूमिका खेल्ने छ भन्नुभएको थियो।
उपस्थित सम्पुर्ण महानुभाव बिच एक परिचय कार्यक्रम पनि भएको थियो।उक्त कार्यक्रममा नेपालि परिकारको खाना र साथमा निकै घम्साघम्सी दोहोरी कार्यक्रम पनि भएको थियो।
अन्त्यमा लमजुङ सेवा समाज कुवेतका अध्यक्ष श्री कमल थापा ज्यू ले यस भेटघाट कार्यक्रम ले गर्दा हामी बिचमा एक समाज प्रती गहिरो सम्बन्ध रहेको बताउनु भयो। प्रदेशको ठाउँमा हामी भएको हुनाले समाज निकै अपरिहार्य भएको बताउनुभयो ।उपस्थित सम्पुर्ण महानुभावहरु साथै सो कार्यक्रम लाई भव्य र सभ्य रुपमा आफ्नो आफ्नो तवरबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।