कुबेत नेपालडटकम,फेब्रुअरी २३ कुबेत चितवन सेवा समाज कुवेतद्वारा आयोजित सांगीतिक चितवन धमाका ३ हिजो शुक्रबार २२ तरिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुल को हलमा अतिथि कलाकार चर्चित गायक गायिका मेलिना राई र रमेश राज भट्टराई को साथ मा भब्य रुपमा सम्पन्न
कार्यक्रम दिउँसो २ बजेबाट कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुल को हलमा सुरु भएको कार्यक्रममा नेपाल बाट पल्नु भएका अथीती कलाकार लाई पन्चे बाजा बजाएर कार्यक्रम हलमा स्वागत गरेको थियो। भने दर्शकहरु को निकै बाक्लो उपस्थिती रहेको थियो । दर्शकको बाक्लो उपस्थीतीमा सम्मपन्न भएको कार्यक्रमका कार्यक्रमको सभापति समाजको अध्यक्ष नबिन लोप्चन र प्रमुख अतिथिकोरुपमा नेपाली दुतावासको तर्फबाट श्रमसहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए भने बिशेष अतिथिमा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, पत्रकार महासंघका अध्यक्ष हरीकृष्ण न्यौपाने, कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो।
सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै समाज को सल्लाहकार ईन्द्र प्रसाद पोखरेल ले स्वागत मन्तब्य गर्नु भएको थिए। उक्त कार्यक्रमलाई संचालक सुरेश ग्याबा र दिल कुमार पाख्रीन ले संयुक्तरुपमा संचालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रमसहचारी ज्ञानेन्द्र शर्मा, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, पत्रकार महासंघका अध्यक्ष हरीकृष्ण न्यौपाने, लगाएतले शुभकामना मन्तब्य दिएका थिए । भने मन्तव्यमा समाज को सल्लाहकार सुरज मस्के ले चितवन र चितवन समाज को ’bout मा प्रस्ट पर्नु भएको थियो यस सांगीतिक कार्यक्रमको उदेश्य अत्यन्तै पबित्र रहेको र यस कार्यमा सफलताको शुभकामना दिदै यस किसिमको संस्कृतिक कार्यक्रमले आफ्नो संस्कृति पहिचानलाइ सम्रक्षणको लागि बिशेष भूमिका रहनेमा बिस्वस्त रहेको बताउनु भयोl
चर्चित गायिका:मेलिना राइ
कार्यक्रम मा नेपाल बाट पल्नु भएका अतिथि कलाकार नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका मेलिना राइ स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका ले आफ्नो नयाँ पुरा गीतहरु ‘कम्मर माथि पटुकी’, ‘बाटो फेरेउरे , अर्कैलाई हेरेउरे’, ‘कुटु मा कुटु’, ‘आसुँ पुछ्ने रुमाल’, ‘तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ’, ‘पिरतीको डोरी’, ‘तिमी संगै अमर नाता जोडूँ जोडूँ लाग्छ’, ‘पत्थर झैं रैछ तिम्रो मुट’, सोह्र पुगी सत्रमा जस्ता दर्जनौ चर्चित गीतहरु गएर हलमा उपस्थीती दर्शकहरु लाई नचाएकी थिइन । दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।
चर्चित गयाक:रमेश राज भट्टराई
देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक बेहुला बनाउछु भन्थी बहुला बनाएर गै गायक रमेश राज भट्टराईको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाइरहनु भयो । ‘बेहुला बनाउछु भन्थी बहुला बनाएर गै,महिले तिमलाई छोडेर,टेन्स भयो यार,उपार तिमी लाई,तिमी सम्झी रुने यो मन,महिले उनको सामु,पन्चे बाजा, जुन दिन देखी,सलैजो,यो पर्देशी को,जुनी भरी लाई लाको,तिम्रो सम्झना मा,जास्त चर्चित हिट गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । भने बेहुला बनाउछु भन्थी बहुला बनाएर गै गीत ले उपस्थीती दर्शकहरु रोजाइे परेको गीत ले ‘वान्स मोर, वान्स मोर’ भनि २ पल्ट गाउन लगाएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलाउन स्थानीय कलाकारहरु सोम रसैली,कुमार तमाङ,रमेश तमाङ,सुनिता तमाङ,अन्जु सुनुवार,श्रिजाना पाण्डे,लगायतका कलाकारहरु को जोडदार प्रस्तुति पस्किएर सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए भने कार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि अमन एक्स्चेन्ज, हिमालरेमिट कम्पनी कुवेतले प्रायोजन गरेको थिए। कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम लाई सफल पर्न आर्थिक सहयोग गरेको थिए । भने समाज ले विशेष योगदान गरेका ब्यक्तित्वहरु कलाकार भाई बहिनी हरु लाई सम्मान गरिएको थिए । नेपाल बाट पल्नु भएको अतिथी कलाकार मेलिना राइ र रमेश राज भट्टराई लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने किरात राई यायोख्खा कुवेत र अन्य थुप्रै संघ संस्थाहरुले मायाको चिनो र खदा/ दोसल्ला ओढाएर सम्मान गरेको थियो।
कार्यक्रमका अन्तम सभापति तथा समाजका अध्यक्ष नबिन लोप्चनले प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु नेपाल बाट पल्नु भएका कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रम मा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि चितवन सेवा समाज कुवेत बाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।
तस्बिर डि क्रीएशन ,Nirem Production