काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेकी पत्रकार तथा परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा जेसिका थुलुङ राईको पहलमा अनाथ बालबालिकालाई सहयोग गरिएको छ ।
छुट्टीमा नेपाल पुगेकी समाजसेवि एवं पत्रकार राईले राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई लगभग ४० हज़ार रकमको चामल, दाल, तेल, लुगाधुने पाउडर, साबुन र चाउचाउ जस्ता खाध्यन्न आमा उमासरी राईको हातबाट प्रदान गरेकी हुन्।
राईले यो भन्दा २ बर्ष पहिले पनि यहि संस्थामा ब्यक्तिगत रुपमा खाधन्न र लत्ताकपडा बितरण गरेकी थिइन्।२०६४ मा स्थापना भएको नयाँ नेपाल समाज केन्द्रमा संचालक कृष्णराज गुरुंग हुन् ।सुरुवातमा ११ जना बालबालिका रहेको केन्द्रले हाल ६० जना बालबालिकालाई नर्सरीदेखि कक्षा SEE सम्मको अध्ययन गराइरहेको छl
कृष्णराज गुरुंग ओखलढुंगा रावाडोलु गाबिसमा शिक्षकको पेशालाइ बिट मारेर राजधानीको पशुपति क्षेत्रमा ब्यबसायिकको रुपमा क्याफेको संचालन गर्दै आएका थिए l गुरुङको मन व्यापार भन्दा पनि गरिब अनाथ बालबालिकाहरु प्रति गयो l कठ्यांग्रिने जाडोमा पनि थोत्रो, मैलो, फाटेको कपडा र खाली खुट्टामै मागेर खाएको देख्दा मन थाम्न नसकेर यस्ता अनाथ बालबालिकाहरुको लागि केहि गर्नु पर्छ भन्ने भावनाले क्याफे बिक्रि गरेर केन्द्र सुरु गरेको बताए ।केन्द्रमा रहेका बालबालिकालाई स्थानीयवासी लगाएत मनकारी सहयोगीदाताहरुको सहयोग र पठन पाठनको लागि केहि छुटका साथ विद्यालयको सहयोगबाट चल्दै आएको गुरुङले बताए ।
केन्द्रमा उनले गरेको उदाहरणीय कामले समाजमा ठुलो परिवर्तन ल्याउनमा अतुलनीय भूमिका रहने छ भन्ने बुझाइका साथ यस्ताखाले सर्हानिय कामलाई केहि टेवा पुगोस र बालबालिकाहरुको उज्वल भविष्यको पनि कामनाका साथ केन्द्रमा रहेका बालबालिकाहरुलाई साथिहरुसंग मिलेर सहयोग गरेको सहयोगीहरुले बताए।परदेशको भुमिमा पनि सामाजिक कार्यमा सक्रिय राईले ३ बर्ष पहिले पनि काठमाडौंको मनमैजु स्थित एकीकृत समाजका अनाथ बालबालीकाहरुलाइ खाध्यन्नका साथ केहि स्पोर्ट टि-सर्ट बितरण गरेकी थिइन् ।