विनोद ढकाल
झापा, ९ फागुन । झन्डै एक महिनादेखि राजधानी बाहिर रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले झापास्थित हिमालय टि गार्डेनमा आराम गरिरहेका छन् । पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित झापामा रहेका उनले मुलुकको राजनीतिक अवस्था र घटनाक्रमलाई नियाँलिरहेको उनीनिकट स्रोतले जनायो । बाराको सिमरा हुँदै तराईका विभिन्न जिल्ला छिचोलेर स्थलमार्गबाट दुई साताअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा आइपुगेका थिए । ‘मुलुकमा बढिरहेको बेथिति र राजनीतिक घटनाक्रमलाई उहाँले नियाँलिरहनु भएको छ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘केही समयपछि भित्रि मधेसको पनि भ्रमणको तयारी भइरहेको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/02/2019
प्रधानमन्त्रीको गृह जिल्लाबाट देश नियाल्दै पूर्वराजा, भित्रि मधेस छिर्ने तयारी
Posted in नेपाल समाचार
अमेरिकाको ऋण २ नील २० खर्ब
वासिङटन : अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा वृद्धि भएर २ नील २० खर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ। विगतमा ऋणभार र सरकारी वित्त घाटाका ’boutमा जोडतोडले आवाज उठाउने रिपब्लिकन पार्टी अहिले चुपचाप छ।जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको निरन्तरको वृद्धिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै राष्ट्रऋणको कुल भार १ नील ९० खर्ब डलरको हाराहारीमा थियो। दोस्रो विश्वयुद्ध भएपछि पहिलोपटक राष्ट्रऋण र अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबर भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
सिंहदरबार झुक्किँदा प्रदेशको खातामा ६ करोड !
९ फागुन, पोखरा । गण्डकी प्रदेश सरकार गठन भएको केही समयमै मन्त्रीस्तरीय निर्णय गर्दै संघ सरकारलाई आग्रह गर्यो, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पताल प्रदेश सरकारलाई देऊ ।’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे क्षेत्रीय अस्पतालको स्थलगत अवलोकन गरी दुर्दशा देखेपछि त्यसको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिन फेरि आग्रह गरे । प्रदेश सरकारलाई प्रतिष्ठान व्यवस्थापनको जिम्मा दिने हो भने त्यहाँका सबै समस्या समाधान गर्ने र निरन्तर सुधार गर्ने मुख्यमन्त्री गुरुङको धारणा थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार