कुवेत नेपालडटकम ,फेब्रुवरी २० -चितवन सेवा समाज कुबेत ले आयोजना गरेको चितवन धमाका ३ को लागिअतिथि कलाकार हरु चर्चित गायिका मेलिना राई र चर्चितगायक रमेश राज भट्टराई भोली २१ फेब्रुअरी बिहीवार दिन को ४:३० बजे कुबेत आइपुग्ने भएका छन् |
फेब्रुअरी २२ तारिख शुक्रबार हुने ”चितवन धमाका 3” का अतिथि कलाकार चर्चित गायिका मेलिना राई र चर्चितगायक रमेश राज भट्टराई लाई स्वागतका लागि कुवेतमा क्रियाशील नेपाली संघ-संस्थाका पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भै दिनुहुन आयोजकले अनुरोध गरेका छन् |
कार्यक्रमको विवरण
मितिः २२ फेब्रुअरी २०१९ ।
स्थानः नटिंघम ब्रिटिस स्कुल, जलिब ।
समयः दिनको १२ बजे ।
आयोजक : चितवन सेवा समाज कुवेत ।