Daily Archives: 20/02/2019

अतिथि कलाकारहरु मेलिना राई र रमेशराज भट्टराई भोलि २१ फेब्रुअरी दिउँसो ४:३० कुबेत आइपुग्ने


कुवेत नेपालडटकम ,फेब्रुवरी २० -चितवन सेवा समाज कुबेत ले आयोजना गरेको चितवन धमाका ३ को लागिअतिथि कलाकार हरु चर्चित गायिका मेलिना राई र चर्चितगायक रमेश राज भट्टराई भोली २१ फेब्रुअरी बिहीवार दिन को ४:३० बजे कुबेत आइपुग्ने भएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

देउवाको नजरमा यी नेविसंघका नयाँ अध्यक्ष !


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को कार्यसमिति भंग भएसँगै नयाँ नेतृत्वका लागि नेविसंघका एक दर्जन विद्यार्थी नेताहरू दौडमा छन् । फागुन ९ गतेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा अगाडि नै नेविसंघको अध्यक्ष बनाइसक्नु पर्छ भनेर सभापति शेरबहादुर देउवालाई दवाव छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले पनि सभापति देउवालाई नेताहरूसँग परामर्श गरेर उपयुक्त निर्णय लिने जिम्मेवारी दिएको थियो । देउवाले आफू निकटका सीमित नेताहरूसँग नेविसंघको अध्यक्ष कसलाई बनाउने भनेर सामान्य कुराकानी गरे पनि ठोस निर्णय गर्न सकेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले सञ्चालन गरेका ६२३ आयोजना अलपत्र


विमल खतिवडा
काठमाडौँ — सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा रहेका छन् । यी ठेक्का २० अर्ब ७६ करोडका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माण अलपत्र भएको खुल्न आएको हो ।  पाल्पाको रामपुर नगरपालिका–८ स्थित भुजात र स्याङ्जाको चापाकोट नगरपालिका जोड्ने कालीगण्डकीमा निर्माणाधीन भुजात घाट पुल । २०७२ असारदेखि यसको निर्माण अलपत्र छ । पढ्नेक्रम जारी राख्नुहोस्