न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा


७ फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।

त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।

तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बनेका थिए ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.