घुस काण्डमा मुछिएका पाठकमाथि छानबिन गर्न अनुसन्धान टोली


सुरेन्द्र काफ्ले
काठमाडौं : ७८ लाख घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध छानबिनका लागि आयोगले ३ सदस्यीय अनुसन्धान टोली बनाएको छ । अख्तियारले मंगबार एकजना सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली बनाएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिएका छन् । ‘पाठकमाथि छनबिनका लागि ३ सदस्यीय टोली गठन भएको छ, टेलीले उनको सबै पृष्ठभूमि खोजी छानबिनको काम अघि बढाउँदै छौं’ प्रवक्ता दंगालले भने।

आयुक्तबाट राजीनामा दिएसकेका पाठकविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले अख्तियारले नै छानबिन गर्न सक्ने राय सोमबार दिएको थियो । आफ्नै आयुक्तमाथि छानबिन गर्न मिल्ने–नमिल्ने विषयमा दुविधा भएपछि आयोगले सोमबार महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो। पाठकले गत शुक्रबार राजीनामा दिएका थिए । पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो कुराकानीसहितको विवरण मिडियामार्फत सार्वजनिक भएपछि विवादमा मुछिएका थिए।

घुस खुवाउने पक्षले पाठकले घुस लिएको भिडियो सुरक्षा निकाय, दलका नेता र मिडियालाई लगेर बुझाएपछि यो प्रकरण बाहिर आएको हो। पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ०७४ भदौमा उक्त घुस लिएको बताइएको छ। पाठकले घुस लिएर पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नभएको भन्दै पैसा दिने पक्षले भिडियोको खुलासा गरिदिएको थियो।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.