Daily Archives: 19/02/2019

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस


काठमाडौँ, ७ फागुन । प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र समशेर जवरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री ईश्व पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतका व्यक्तिहरुको उपस्थिति थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

घुस काण्डमा मुछिएका पाठकमाथि छानबिन गर्न अनुसन्धान टोली


सुरेन्द्र काफ्ले
काठमाडौं : ७८ लाख घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध छानबिनका लागि आयोगले ३ सदस्यीय अनुसन्धान टोली बनाएको छ । अख्तियारले मंगबार एकजना सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली बनाएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिएका छन् । ‘पाठकमाथि छनबिनका लागि ३ सदस्यीय टोली गठन भएको छ, टेलीले उनको सबै पृष्ठभूमि खोजी छानबिनको काम अघि बढाउँदै छौं’ प्रवक्ता दंगालले भने। पढ्नेक्रम जारी राख्नुहोस्

न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा


७ फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् । पढ्नेक्रम जारी राख्नुहोस्