नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा राम तामाङ


फेब्रुअरी १६ कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को दोस्रो ऐतिहासीक अधिवेशन कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको छ ।

कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्व तथा नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेलको बिशेष आतिथ्यता रहेको थियो । भने कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपाली काँग्रेसमा आस्थावान कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिशेष अतिथी ,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो । कार्यक्रम संयोजक होम बहादुर पाख्रिनले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए भने सुरेस ग्वाया तामांगले कार्यक्रम संचालन गरेका थिए ।

समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल , नेपाली राजदुतावास कुवेतका दितिय सचिन ज्ञान बहादुर मगर , शुभकामना मन्तब्य राखेका थिए । स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले उपस्थित अतिथि हरुलाई भरिपूर्ण मनोरंजन प्रदान गरेको थियो ।

नव गठित कार्यसमिति: अध्यक्ष – राम तामाङ ,बरिष्ठ उपाध्यक्ष – दिनेश उप्रेती, दितिय उपाध्यक्ष – प्रेम तामांग , सुर्य लामा , महासचिव – दामोदर बराल, सचिव -दल बहादुर बस्नेत ,सहसचिव –सोम लामा, कोषाध्यक्ष – मिलन गुरुङ
सहकोषाध्यक्ष – धर्म तामांग, सदस्यहरू – डेनी तामाङ , सबिन लामा, होम बहादुर थापा,दीपक बिश्वकर्मा, बिरू बुढामगर , बिन्दु थारू, सुकमान थाङ, मनोहरी श्रेष्ठ , टीकाराम लिम्बु , रबि कुमार गुप्ता, प्रकास मगर, पदमराज मोक्तान ,

बूदि हरीजन, सत्रूधन मुखिया , कृष्ण सुनार , तिलक कुसारी , दिपक खड्का, पबन कुमार महत, सुरज राज, यमडी नासीर, जितेन ग्याबा, दिलिप भण्डारी, शेर बहादुर मोक्तान, राम बल, राम बहादुर माझी, निमा तामाङ, सागर पंगेनी, कृष्ण सुनुवार , राजिब चौधरी, डम्बर मगर , नारायण बहादुर क्षेत्री, डम्बर साउद , प्रकास राई, केसब मगर, बिकास लामा, बालसिङ मगर , मान बहादुर घिमिरे , सन्जु चौधरी , हेमराज तामाङ , सुक बहादुर लामा , सुदर्शन तामाङ ,

सदस्यहरु:

संरक्षक : बरिष्ट संरक्षक – टीकाराम आचार्य , संरक्षकहरुमा – जिमी मगर , दिनेश चौधरी , उमेश राई ,

सल्लाहकार समिती : बरिष्ट सल्लाहकार :- उत्तम थापा, सल्लाहकार :- भीमसेन थापा, दिप गरूङ , आसिस लिम्बु , राम लामा , मोहनदत्त , राम कार्की , राजन चौधरी , तारा मगर , खेम परीयार, सन्त लम्साल , उमेश पुडासैनी , सन्तोश मन्डल, गणेश बस्नेत , रोशन थापा,

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राम तमाङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।

(फोटो सौजन्य: आर डि क्रीएशन) न्युज सभार :नेपाली दृष्‍टि।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.