कोसेली समुह कुवेतको ११औं वार्षिक उत्सव तथा चौथो अधिबेशन सम्पन्न अध्यक्षमा आनन्द आचार्य


बसन्त थापा कुवेत, फेब्रुअरी १६- कोसेली समुह कुवेतले ११औं वार्षिक उत्सव तथा चौथो अधिबेशनले आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा चयन गर्दै १३ जनाको कार्यसमिति निर्माण गरेको छ । शुक्रबार (हिजो) फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा कोसेली समूहको ३०औं कोसेली छापा पत्रिका बिमोचन पनि गरिएको छ।

अध्यक्ष नबराज पन्थीको सभापतित्व र नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत प्रकाशमणि पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका द्दितीय सचिव ज्ञान बहादुर मगर, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल लगायतको आथित्यमा पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो।

सचिव चन्द्र बिस्वकर्माले कार्यक्रम संचालन गरेका थिए भने सस्थाका महासचिव जीवन बिकले स्वागत मन्तव्य राखेका थीए।कुवेतको एकमात्र मरुभूमि (छापा पत्रिका) विमोचन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि, सस्थाका संरक्षक तथा सल्लाहकारद्वारा विमोचन गरिएको थियो । संस्थाको तर्फबाट संक्षिप्त जानकारी तथा गतिबिधि नव नियुक्त अध्यक्ष आनन्द आचार्यले प्रष्ट पारेका थीए ।

कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरुबाट साहित्य वाचन गरी सहित्यमय वातावरण भएको थियो।
कोसेली समूहले नेपाल कुवेत पत्रकार महासंघ शाखाका अध्यक्ष हरीकृष्ण न्यौपानेलाई कुवेत जस्तो ठाउमा रहेर निस्पक्षय पत्रकारिता र बिभिन्न परोपकारी कार्यहरू गर्दै आएकोमा कदर गर्दै सम्मान गरेको थियो।

नयाँ कार्य समिति सस्थाको नियमित बैठक पछी, संरक्षक सल्लाहकारहरुको उपस्थितिमा पूरानो कार्यसमिति भंग गरि नया कार्यसमिति चयन गरिसकेको हुनाले उक्त दिन संस्थाको संरक्षक सुजन केसीले नयाँ कार्य समितिको नामावालीहरु भनेका थिए।कार्यक्रममा विभिन्न संघसस्था सङ्गठन, राजनीति सस्थाहरु, र धार्मिक सस्थाहरुबाट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सुजन केसी, प्रदीप नेपाली, कुमार झापाली, दिल कुमार पख्रिन, हरीकृष्ण न्यौपाने, गणेश रावत, एनआरएनए कुवेतबाट अध्यक्ष सुमित्रा पौडेल, नेपाली दूतावास कुवेतबाट ज्ञान बहादुर मगर, प्रकाशमणी पौडेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रमको समिक्षा गर्दै प्रवासी भूमिमा रहेता पनी कोसेली समूहले कुवेतमा रहेर निकै महत्वपुर्ण निभाएकोले, आगामी दिनहरुमा पनि यसरी नै निरन्तरता बढी रहोस भन्दै नव नियूक्त कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

अन्त्यमा आयोजक समूहका अध्यक्ष आनन्द आचार्यबाट उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो।

कोसेली समूह कुवेतको नयाँ क्रार्य समिति निम्ननुसार रहेको छ।

संरक्षक- सुजन केसि
सल्लाहकारहरु- मनु भुजेल मगर, इन्द्र पोखरेल, तोयानाथ दाहाल, शिब प्रसाद कोइराला,
अध्यक्ष तथा प्रवन्ध निर्देशकः आनन्द आचार्य
उपाध्यक्षः टोमलाल पराजुली, जिवन कुमार बि.क., जानकी जानु,
महासचिवः मित्रभक्त आचार्य
सचिवः जयनारायण माझी थारु
कोषाध्यक्षः राजन श्रेष्ठ
सह–कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
कार्यकारी सदस्यःगौतम अम्गाईं, खड्ग कार्की, चन्द्रकला बि.क.,

यसैगरी कोसेली बचत कोषमा रहेका सम्पुर्ण सदस्यहरु स्वतः पदेन सदस्य रहनेछन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.