नेपाल कुबेत सरोकार समाज कुबेतको दोस्रो अधिबेशन भोली १५ फेब्रुअरी २०१९ शुक्रबार को दिन कुबेतको जिलिब स्थित पपिन्स हल हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाज को का. वा. अध्यक्ष राम लामा ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।
आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था भोली दोस्रो अधिबेशन ले भने अब हुने नयाँ कार्यसमिती तय गर्ने छ भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन साथै कार्यक्रम लाई मनोरन्जन गराउन कुबेत को स्थानिया चर्चित कलाकारहरु को बेजोड प्रस्तुति रहने भएको छ।
दोस्रो अधिबेशन कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक आयोजक :नेपाल कुवेत सरोकार समाजले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी जानकारी:
मिति: १५ फेब्रुअरी (भोली शुक्रबार)
स्थान: पपिन्स हल जिलिब
समय: ठिक बिहान् ११:०० बजेदेखि
आयोजक :आयोजक :नेपाल कुवेत सरोकार समाज