दिलकुमार पाख्रीन/१४ फेब्रुअरी, कुवेत। धादिङ जिल्ला जिवनपुर-८ मा जन्मी मकवानपुर जिल्ला दामन-३ मा स्थायी बसोवास गरिरहेकि कल्पना परियार धन कमाएर ल्याउने भनी ६ बर्ष पहिले २०६९ मा घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन। कुवेत आइपुगेर पनि झन्डै तीन बर्षसम्म घर परिवार संग निरन्तर सम्पर्कमा थिइन। तर पछिलो झन्डै तीन बर्षदेखी सम्पर्कमा न आए पछि उनकी छोरिले कुवेतबाट सञ्चालित मिडियाहरु, नेपाली दूतावास, एन आर एन ए लगाएत त्यहाँस्थित संघ संस्थाहरुलाइ खोजी गरिदिन आग्रह गरेकी छिन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/02/2019
दुई बर्षदेखी मकवानपुरकि कल्पना परियार कुवेतमा बेपत्त
Posted in प्रवासी समाचार
पानीजहाज कार्यालयमा १६ कर्मचारी रहने
२ फागुन, काठमाडौं । नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदैछ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्न लागिएको हो । कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गर्दैछन् । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
हुम्लामा हावाहुरीले दर्जन बढी स्कुलको छानो उडायो
नवराज महतारा
सिमकोट : हिमपातपछि तिव्र रुपमा चलेको हावाहुरीले हुम्लाका एक दर्जनभन्दा बढी स्कुलहरुको छानो उडाएको छ । सदरमुकाम सिमकोटमै रहेको मानसरोवर माध्यमिक विद्यालय र साहारा समुहको छात्राबासको छानो नै उडाएको छ ।शिक्षा विकास समन्वय इकाई प्रमुख वर्ष फडेराका अनुसार हावाहुरीले रलिङ्ग मावि बरगाउँ, मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायत विद्यालयका कक्षाकोठाको छाना उडाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल कुवेत सरोकार समाज कुवेतको भोली हुने दोस्रो अधिबेशनको सम्पूर्ण तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रणा
नेपाल कुबेत सरोकार समाज कुबेतको दोस्रो अधिबेशन भोली १५ फेब्रुअरी २०१९ शुक्रबार को दिन कुबेतको जिलिब स्थित पपिन्स हल हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाज को का. वा. अध्यक्ष राम लामा ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना