Daily Archives: 13/02/2019

श्रममन्त्रीलाई प्रश्न : बेरोजगारलाई भत्ता बाँड्ने पैसा छ ?


प्रधानमन्त्री रोजगार कार्यक्रम ‘नेकपाको भर्ती केन्द्र’ पो बन्ला कि ?
१ फागुन, काठमाडौं । सिंहदरबारस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुग्दा मन्त्री गोकर्ण विष्टको च्याम्बर बाहिर मंगलबार दिउँसो दुईजना सांसद भेटिए । उनीहरु प्रतिनिधिसभाको बैठकै छाडेर मन्त्री विष्टलाई भेट्न सिंहदरबार पुगेका रहेछन् । हालै श्रम मन्त्रालयले ७५३ स्थानीय तहका लागि करारमा खोलेको ‘रोजगार सेवा केन्द्र संयोजक’ को सूचीमा आफ्ना कार्यकर्तालाई घुसाइदिन एक माननीयले मन्त्री विष्टका सहयोगीसँग आग्रह गरिन् । पढ्नेक्रम जारी राख्नुहोस्

१७ औं बमजन गोल्ड कप २२ र २९ मार्चमा खेलाईने


कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरिपनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रती भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै आगामी मार्च २२ र २९ तारिख शुक्रबारका दिन १७ औं बमजन गोल्ड कप कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा खेलाईने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रमको आजदेखि सुरु


स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य
होम कार्की
काठमाडौँ — आन्तरिक रोजगारी सिर्जना गरी १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारीको सुनिश्चित गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आज फागुन १ देखि कार्यान्वयन गर्दैछ । न्यूनतम रोजगारी नपाउने बेरोजगार युवालाई वर्षमा २२ हजार ४ सय १७ रुपैयाँ निर्वाह भत्ता दिइनेछ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ७ सय ५३ वटै स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमार्फत बेरोजगार युवालाई रोजगार उपलब्ध गराइनेछ । संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित सार्वजनिक निर्माण क्षेत्रका आयोजनामा रोजगार उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली चेलि लापत्ता, खोजिको लागी परिवारको अपिल


राज मल्ल/ १२ फेब्रुअरी, कुवेत। कुवेतमा एक नेपाली चेलि वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ बर्ष पहिला कुवेत आएकि सुनसरि धरान – ६ माछाभौडीकि रा. न. (१०२६५७७१) बसन्ति जिमि ( चौधिरि ) विगत १ बर्ष यता सम्पर्क बिहीन भएकि छिन । पढ्नेक्रम जारी राख्नुहोस्