कुबेत नेपालडटकम
“हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन आउदो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन कुबेतको फर्वानिया स्थित अडिटोरियम हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावती ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।
आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन ले भने अब हुने नयाँ कार्यसमिती तय गर्ने छ भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो जातिहरुको मौलिक परम्परा झल्किने खालका नृत्य च्याब्रुङ नाच,माङलाङ नाच, धान नाच हरु को प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन को संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्री हरि लावती ले जानकारी दिएको छ।
उक्त आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन कार्यक्रम लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक किरात याक्थुङ चुम्लुङ, कुवेत ले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी जानकारी:
मिति: ८ फेब्रुअरी (आगामी शुक्रबार)
स्थान: अडिटोरियम हल फर्वानिया
समय: ठिक मध्यान्ह १२:०० बजेदेखि
आयोजक :किरात याक्थुङ चुम्लुङ, कुवेत
Good nogen nai vanu parchha