१६ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएको छ । दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको ह्वाइट हाउसले जनाएको छ । ‘यसपटक कुनै समझदारी भएन तर, उनीहरुको आआफ्ना टिमले भविष्यमा वैठकका लागि प्रयास गर्नेछन्,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले एक विज्ञप्तिमा भनेकी छन् । विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हानोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: फ्रेवुअरी 2019
भियतनाममा ट्रम्प र किमबीचको वार्ता असफल
Posted in विश्व समाचार
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
पोखरा — हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकाे गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट संघीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
एयर डाइनेष्टीमा सवार ६ जनाको शव फेला
सुरज कुँवर, जनकराज सापकोटा
काठमाडौँ — बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना
मकर श्रेष्ठ, सुरज कुँवर
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले बताएका छन्।राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा सचिव राईले मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
आगो लागि पीडित खोटाङको कविराज बास्तोला लाई प्रबासबाट आर्थिक सहयोग।
सेवा नै धर्म खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं:- २ बस्ने कविराज बास्तोलाको घर तिहारको लक्ष्मी पुजाको साँझ दियो बत्ती गरि सुत्न लाग्दा बत्तिको दियो पर्दामा सल्किएर आगो निस्की केही सामान निकाल्न नपाई घर जलेको थियो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
कुवेतलाई नेपालले हरायो, रुबिनाको ह्याट्रिक
१५ फागुन, काठमाडौं । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा हिँडिरहेको नेपालको ब्याटिङलाई अनुभवी नेरी थापा र कप्तान रुबिना चौधरीले उकासेका थिए । उनीहरुले ३३ रनको साझेदारी गरे । नेरीले १९ बलमा त्यति नै रन बनाइन् भने रुबिनाले १३ बलमै २२ रनको आक्रामक इनिङ खेलिन् । उनीहरु दुवैले ३-३ चौका प्रहार गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद